सिरहाको नरहा गाउँपालिकाका पूर्वअध्यक्ष यादव जसपा नेपालमा प्रवेश

  • माघ २७, २०८२ | १५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको नरहा गाउँपालिकाका पूर्वअध्यक्ष रामशरण यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । यादव सोमबार एक कार्यक्रमबीच जसपा नेपालमा प्रवेश गरेका हुन् ।

सिरहा-४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारसमेत रहेका जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेशकुमार मण्डललगायतले उनलाई पार्टीमा स्वागत गरे । उनी २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट नरहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षको कार्यकाल सकिएपछि उनी एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीतिर खुलेका थिए । तर, नेकपा एस र माओवादी केन्द्रबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि पछिल्लो समय निष्क्रिय देखिएका उनी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

नरहा चोकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका क्रममा पूर्वअध्यक्ष यादवसँगै उनी निकट अन्य नेता कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश गरे ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब