सिरहा कारागार तनावग्रस्त पानीको फोहरा प्रहार, नाइकेसहित १३ जना प्रहरी हिरासतमा

  • माघ २७, २०८२ | २१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ २७ गते । पेस्तोल, गोली र नगदसहित नाइके पक्राउ परेपछि सुरु भएको विवादले सिरहा कारागारमा उग्र रुप लिँदै गएको छ । राती १० बजे सम्म पनि  कैदी र सुरक्षा निकायबीचको दोहोरो भिडन्तले अवस्था तनावग्रस्त छ । कारागारका नाइके ईन्द्रजित यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित बनेका कैदीहरू छतमाथि चढेर थाली बजाउँदै ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको भए पनि कैदीहरूको होहल्ला जारी रहेको छ । कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा टोली थपिँदै गएको छ ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रशासनले जनाएको छ । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन गरिएको थियो । अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट उक्त बन्दुक, गोली र नगद रकम फेला परेको हो ।

अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जना कैदीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्रि गेटबाट बाहिर निकालिएको थियो ।

प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् । हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा थप कडाइ गरिएको जनाइएको छ । १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको छ ।

सिरहा कारागारमा दोहोरिँदै झडप
जिल्ला कारागारका चौकीदारको सुविधा उपभोग गरिरहेका कैदीले सुविधाको दुरुपयोग गर्दै कैदीबन्दीसँग रकम उठाउने गरेको आरोप लगाउँदै १२ चैत ०७९ बिहान करिब ८ बजेदेखि राति ८ बजेसम्म नाराबाजी भएको थियो। कारागारका तत्कालीन चौकीदार यादव गिरीमाथि कैदीबन्दीहरूले सांघातिक हमलाको प्रयास गरेपछि कारागार प्रशासनले उनलाई कारागार व्यवस्थापन विभागसँग समन्वय गरी सिन्धुली कारागार पठाएको थियो। 
त्यसअघि ०७८ माघमा सिराहा कारागारका तीनजना कैदीलाई सरुवाका लागि रमानासहित निकाल्न खोजिँदा कैदीबन्दीहरूबिच झडप हुँदा चारजना घाइते भएका थिए। कारागार व्यवस्थापन विभागको पत्रअनुसार दुईजना कर्तव्य ज्यान र एकजना लागुऔषध मुद्दाका गरी तीनजना कैदीलाई सरुवा गराउन रमानासहित कारागारबाट निकाल्ने वेलामा झडप भएको थियो।

२४ कात्तिक ०८१ मा कारागारभित्र आन्तरिक प्रशासनको मिलेमतोमा प्रतिबन्धित वस्तुहरूको आपूर्तिसहित कारागारको पसलमा बढी रकम असुल्ने गरेको सार्वजनिक भएपछि स्थानीय प्रशासनले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले १० माघमा जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो। त्यतिवेला जिल्ला प्रशासन कार्यालयले कारागारको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने–नगर्ने विषयमा कारागार व्यवस्थापन विभागको निर्देशनबमोजिम हुने गरी हाललाई उक्त प्रतिवेदन जानकारी, कार्यान्वयन, अध्ययन, निर्देशनका लागि विभाग पठाइएको जनाएको थियो।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब