चुनावी प्रचारमा रहेका भारतीय नम्बरप्लेटको गाडी नियन्त्रणमा

  • फागुन ५, २०८२ | २४५ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेका दुई प्रचार गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारमा विदेशी (भारतीय) नम्बर प्लेटका सवारीसाधन प्रयोग भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनको क्रममा दुईवटा भारतीय नम्बर प्लेटको गाडि नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत प्रचारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहका समर्थकले प्रयोग गरिरहेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा समेत प्रयोग हुँदैआएको एक भारतीय नम्बर प्लेटको सवारीसाधन पनि प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीमध्ये बीआर ११ पी बी ८६१० नम्बरको सवारी स्वाभिमान पार्टीसँग सम्बन्धित रहेको छ भने बीआर ६७ पी बी ८९५६ नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग भइरहेको पाइएको छ । प्रशासनले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराइने र उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने जनाएको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब