हरकट्टीमा मतदान केन्द्र माग गर्दै स्थानीय आन्दोलित

  • फागुन ९, २०८२ | २३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन ०८ गते ।  औरही गाउँपालिका–१ स्थित हरकट्टीमा मतदान केन्द्र कायम नगरिए आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदान बहिष्कार गर्ने स्थानीयले चेतावनी दिएका छन् । यहाँका हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान बहिष्कारको घोषणा गरेका हुन् ।

यसअघि यहाँका मतदाताका लागि दरहियामा मतदान केन्द्र तोकिएको थियो । तर, यो मतदान केन्द्र टाढा पर्ने भन्दै स्थानीय अगुवाहरूले पहल गरेपछि जिल्ला निर्वाचन कार्यालय, सिरहाले हरकट्टीस्थित आधारभूत विद्यालयमा मतदान केन्द्र थपिदिएको थियो ।

तर वडाध्यक्ष सुरैतलाल ठाकुर र चार वडा सदस्यले संयुक्त रूपमा मतदान केन्द्र थप्न गरिएको निर्णयविरुद्व उच्च अदालत, राजविराजमा रिट हालेपछि अदालतले तत्काल यथास्थितिमा राख्न आदेश जारी गरेको छ । यहाँ मतदान केन्द्र नरहने भएपछि स्थानीय आक्रोशित हुन् । 

हरकट्टी र कुन्डलपुरमा ११ सय ५४ मतदाता छन् । मतदान केन्द्रको विषय अन्योल बनेपछि यसविरुद्ध स्थानीयहरू वडा कार्यालयको गेटमा शुक्रबार दुई घण्टा धर्नासमेत दिएका छन् ।

’हामी निकै पहल गरेर मतदान केन्द्र तोक्न लगाएका थियौं, तर अदालतको आदेशले हामी अत्यन्तै दुःखी छौं,’ उनले भने, ’यो विषय नटुंगिए यो चुनावमा हामी मतदान गर्दैनौं।’

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब