त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २८ घाइतेको उद्धार

  • फागुन ११, २०८२ | २६५ पटक पढिएको | सीमा संदेश
alt

धादिङमा साेमाबार बिहान भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गको  बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान  पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीले घटनास्थलबाट उद्धार गरेका छन् ।

सडकबाट त्रिसुली नदी  किनारमा पल्टेर भएको दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ। याे मध्ये ४ महिला १३ पुरुष छन् । एकजना विदेशी  नागरिक छन् । 

 घाइते २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। १ जनाकाे गाडीकाे फलाम काटेर निकालिँदै गरेकाे जिल्ला प्रहरी प्रमुख एसपी  सुमित खड्काले जानकारी दिए ।

मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब