सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताः वडा नं. ९ लाई २ वर्षको लागि प्रतिबन्ध

  • फागुन १४, २०८२ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन १४ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको सेमिफाइनल खेलमा वडा नं. ८ विजयी भएको छ।

वडा नं. ९ र वडा नं. ८ बिच हुने भनिएको दोस्रो सेमिफाइनल खेल सुरु हुनु वित्तिकै वडा नं. ९ का खेलाडिहरु खेल बहिष्कार गरी नाराबाजीमा उत्रेपछि वडा नं. ८ लाई विजयी घोषण गरेको छ । वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ ।

विना कारण खेल बहिष्कार गरिएको भन्दै आयोजक  सलहेश युवा क्लवले वडा नं. ९ लाई सिरहा नगरपालिका खेलकुद प्रतियोगिता नियमावलीको दफा १२ बमोजिम दुई वर्षका लागि खेलमा समावेश नगराउने गरी प्रतिबन्ध लगाएको छ ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको आज (बिहीवार)  खेल पूर्व खेलाडिहरु र नगरपालिका कर्मचारी  बिच भिडन्त हुने छ । 

नगरस्तरी खेलको फाइनल वडा नं. ७ र वडा नं. ८ बिच १५ गते हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब