टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

  • फागुन १८, २०८२ | १९५ पटक पढिएको | सीमा संदेश
alt

आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका सञ्जु स्यामसनले अविजित ९७ रन बनाए । त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरेको वेस्ड इन्डिजले ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।

वेस्ट इन्डिजका रोस्टन चेसले सबैभन्दा धेरै ४० रन बनाए । हिजै भएको ‘सुपर एट’को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले हरायो । योसँगै टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह १ बाट दक्षिण अफ्रिका र भारत तथा समूह २ बाट इङ्ग्लायन्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । यही बुधवार हुने पहिलो समिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा बिहिवार हुने दोश्रो सेमिफाइनलमा भारत र इङ्ग्यान्ड खेल्नेछन् । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब