गाेलबजारमा दुई पक्षबीच झडप, वडाध्यक्षसहित ३ घाइते

  • फागुन २१, २०८२ | २१४ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ ।

घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले जानकारी दिए ।

अध्यक्ष अनवरले पुरानै रिसइबीका कारण बाटोमा एक्लै देखेपछि ५–७ जनाको समूहले लाठी–फट्टाले आक्रमण गरेको दाबी गरेका छन् ।

हाल मुस्लिम समुदायको रमजान पर्व चलिरहेकाले आफन्तको निमन्त्रणामा पनि सहभागी हुन जाने क्रममा आक्रमण भएको उनको भनाइ छ ।

नेपाली काग्रेसका कार्यकर्ताबाट आफू कुटिएको उनले गुनासो गरे ।

उता कुटपिटमा सलंग्नले भने पैसा बाँड्दै हिडेको भेटिएको आरोप लगाएका छन् । तर वडाध्यक्ष अनवरले भने आफू खाना खान हिँडेको जिकिर गरे ।

अध्यक्ष अनवरले भदौ ‘जेनजी आन्दोलन’का क्रममा आफ्नो वडा कार्यालय नजलेको तर भदौ २५ गते सोही समुहका केही व्यक्तिले आगजनी गरेपछि आफूले मुद्दा दायर गराएको बताए । सोही घटनामा आफूमाथि आक्रमण भएको हुनसक्ने उनको भनाइ छ ।

घाइते भएका तीनै जनाको टाउको, घाँटी, नाक, कान र मुखमा चोट लागेको तथा टाउको फुटेको प्रहरीले जनाएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब