मधेशमा रास्वपाको लहर : ३२ मध्ये ३० सिट कब्जा

  • फागुन २५, २०८२ | २६२ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा सदस्यको हालै सम्पन्न निर्वाचनले मधेश प्रदेशको राजनीतिक तस्वीर नै बदलिएको छ । प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित सफलता हासिल गरेको छ ।

यस परिणामले परम्परागत रूपमा प्रभाव जमाउँदै आएका ठूला दलहरूलाई गम्भीर झट्का दिएको छ । यस निर्वाचनमा नेपाली कांग्रेसले मात्र एउटा सिट जितेर आफ्नो उपस्थिती जोगाएको छ । नेकपा एमाले तथा मधेशकेन्द्रित दलहरू भने अधिकांश क्षेत्रमा पराजित हुँदै प्रभाव कायम राख्न असफल देखिएका छन् ।

धनुषा क्षेत्र नम्बर–१ मा मतपरिणाम विवादमा परेपछि निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न रोक लगाएको छ । मतगणनाको नतिजाअनुसार सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा रास्वपाले जीत निकाल्दै क्लिन स्वीप गरेको छ ।

सप्तरी — सप्तरीको १ मा रास्वपाका पुष्पाकुमारी चौधरीले ३८ हजार १९५ मत ल्याई विजयी भएका छन् भने उनका निकटम प्रतिष्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत ल्याएका छन ।

सप्तरी २ मा रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन भने जसपा नेपालका उमेश यादवले १४ हजार २७३ मत ल्याई दोश्रो र जनमत पार्टीका डा. सिके राउतले ९ हजार ८८० मत ल्याई तेश्रो भएका छन् ।

सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याई विजयी भएका छन् भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत ल्याई प्रतिष्पर्धी बनेका छन ।

सप्तरी ४ मा रास्वपाका सीतराम साह ३६ हजार ४१२ मत ल्याएर विजयी भएको र कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मत ल्याई दोश्रो छन् ।

सिरहा — सिरहा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु यादव गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मतसहित दोश्रो भएका छन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित विजयी हुँदा कांग्रेसका रामसन्द्री यादव १२ हजार ८०० मतसहित दोस्रो स्थानमा रहेका छन् ।

क्षेत्र नम्बर–३ मा रास्वपाका शम्भु कुमार यादव ३२ हजार ९४९ मतसहित निर्वाचित भएका छन् भने हिमालय दलका लीलानाथ श्रेष्ठ १० हजार १२६ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर–४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी हुँदा नेकपाका उम्मेदवारले ७ हजार ९७९ मत ल्याएर दोस्रो छन् ।

धनुषा — धनुषा क्षेत्र नम्बर–१ को परिणाम अझै विवादित अवस्थामा रहेका कारण परिणाम रोकिएको छ ।

क्षेत्र नम्बर–२ मा रास्वपाका रामविनोद यादव ४१ हजार ६३७ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका दिनेश प्रसाद यादव परसैला यादव १० हजार १९८ मतसहित दोस्रो प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–३ मा रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन् भने कांग्रेसका विमलेन्द्र निधि १६ हजार ६५२ मतसहित प्रतिष्पर्धी बनेका छन् ।

क्षेत्र नम्बर–४ मा रास्वपाका राजकिशोर महतो ४८ हजार २७० मत ल्याएर भारी मतान्तरले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार महेन्द्र यादव १५ हजार ८०९ ल्याई दोश्रो स्थानमा परेका छन् रघुवीर महासेठ ११ हजार ५२ ९ मतसहित तेश्रो स्थानमा छन् ।

महोत्तरी — महोत्तरी क्षेत्र नम्बर–१ मा रास्वपाका प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन् । नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतसहित दोस्रो भएका छन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका दीपक कुमार साह ३२ हजार ७२२ मतसहित निर्वाचित भएका छन् । साहले मधेशका दिग्गज नेता मानिएका १३ पटक जितेका जसपा नेपालका शरत सिंहलाई मात्र १० हजार १९८ मत ल्याई पराजित भएका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै उम्मेदवार उज्जवलकुमार झा ३२ हजार ४१५ मत ल्याई विजयी भएको छ भने यहाँ निकटम प्रतिष्पर्धी नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ५ हजार ९६९ मत ल्याएर बनेका छन् ।

क्षेत्र नम्बर–४ मा रास्वपाकी गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुँदा जसपा नेपालका सुरेन्द्र यादव ८ हजार ७४२ मतसहित दोस्रो स्थानमा छन् ।

सर्लाही — सर्लाही क्षेत्र नम्बर–१ मा रास्वपाका नितिमा भण्डारी कार्की ४६ हजार १८१ मतसहित विजयी भएका छन् भने कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका रविन महतो ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिष्पर्धी नेकपा महेन्द्र राय यादव ८ हजार ५२३ मत मात्र ल्याउन सकेका छन् ।

क्षेत्र नम्बर–३ मा रास्वपाका नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित विजयी भएका छन् भने नेकपाका नारायणकाजी श्रेष्ठ १३ हजार ३३८ मतसहित दोस्रो स्थानमा छन् । कलवार नेकपाकै थिए उनले त्यहाँबाट टिकट नपाएपछि रास्वपाबाट उम्मेदवार बनेका थिए ।

क्षेत्र नम्बर–४ मा रास्वपाका अमरेश कुमार सिंह ३५ हजार ६२८ मतसहित विजयी भएका छन् । कांग्रेसका सभापति गगन थापा २२ हजार ८३१ मतसहित पराजित भएका छन् ।

रौतहट — रौतहट क्षेत्र नम्बर–१ मा रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका छन् भने एमालेका अजय कुमार गुप्ता १० हजार ६९३ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर–२ नै यस्तो क्षेत्र हो जहाँ कांग्रेसले आफ्नो साख जोगाउन सफल भएको छ । यहाँ कांग्रेसका मोहम्मद फिरदौस आलम २९ हजार ५२८ मत ल्याएर विजयी भएका छन् भने नेकपाका किरण कुमार साह १८ हजार ४४२ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

क्षेत्र नम्बर–३ रास्वपाका रविन्द्र पटेल २७ हजार ३१८ मत ल्याई विजयी भएका छन् भने जसपा नेपालका गोविन्द चौधरी ११ हजार ९५४ मत ल्याई दोश्रो स्थानमा छ ।

क्षेत्र नम्बर–४ मा रास्वापका गणेश पौडेल ३६ हजार ८७६ मत ल्याई विजयी भएका छन भने कांग्रेसका देवप्रसाद तिमलसेना १५ हजार ८६५ ल्याएर दोश्रो भएका छन् ।

बारा — क्षेत्र नम्बर–१ मा रास्वपाका गणेश भिमल ३९ हजार ९९८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बहादुर गुरुङले १४ हजार २२३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन् भने जसपा नेपालका रामकिशोर प्रसाद यादव १४ हजार १९६ मतसहित दोश्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार अरविन्द साह ४० हजार ६९६ मत ल्याई विजयी भएका छन भने निकटम प्रतिष्पर्धी कांग्रेसका दिग्गज नेता फरमुल्लाह मन्सूरले मात्र १० हजार ५२ मत ल्याएका छन् ।

क्षेत्र नम्बर–४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका छन्। नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले ११ हजार ६३९ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।

पर्सा — क्षेत्र नम्बर–१ मा रास्वपाका बुद्धिप्रसाद पन्थ ‘हरि’ २७ हजार २७४ मतसहित विजयी भएका छन् भने एमालेका प्रदीप यादव १३ हजार ३० मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका सुशील कुमार साह कानु ३० हजार ७४० मत ल्याएर निर्वाचित भएका छन् भने यहाँ कांग्रेसका अजय कुमार चौधरी ११ हजार ८९० मतसहित दोस्रो स्थानमा रहेका छन् ।

क्षेत्र नम्बर–३ मा रास्वपाका रमाकान्त प्रसाद चौधरी २९ हजार ६७९ मत प्राप्त गर्दै विजयी भएका छन् भने कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी १६ हजार ३६६ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर–४ मा रास्वपाका टेकबहादुर साखे २८ हजार ६०० मतसहित निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका रमेश रिजाल १२ हजार ५३४ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब