१६५ क्षेत्रकै परिणाम सार्वजनिक, कसको कति सिट ?

  • फागुन २६, २०८२ | १६६ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीको मतगणना सकिएको छ । सोमबार सङ्खुवासभाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै यो प्रणाली अन्तर्गतको मतगणना सकिएको हो ।

अन्तिम परिणाम अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा जित हासिल गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र स्वतन्त्र उम्मेदवार एक जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायत पुराना शक्ति यो निर्वाचनमा निकै खुम्चिएका छन् भने रास्वपा नयाँ शक्तिको रूपमा उदाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा निर्वाचनमा रास्वपा र कांग्रेसले सात वटै प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने बाँकी दलको केही प्रदेशमा मात्रै उपस्थिति देखिएको छ । 

रास्वपाले कोशी प्रदेशबाट २८ मध्ये १७ सिट, मधेसबाट ३२ मध्ये ३० सिट, बाग्मतीबाट ३३ मध्ये ३१ सिट, गण्डकीबाट १८ मध्ये १५ सिट, लुम्बिनीबाट २४ मध्ये २१ सिट, कर्णालीबाट १२ मध्ये १ सिट र सुदूरपश्चिमबाट १६ मध्ये १० सिटमा जित हासिल गरेको छ । 

कांग्रेसले कोशीमा ४ सिट, मधेस र बाग्मतीमा १र१ सिट, गण्डकी र लुम्बिनीमा २र२ सिट, कर्णालीमा ५ सिट र सुदूरपश्चिममा ३ सिटमा जित हासिल गरेको छ । 

एमालेले कोशीमा ४ सिट, सुदूरपश्चिममा ३ सिट, लुम्बिनी र कर्णालीमा १र१ सिटमा जित निकालेको छ । मधेस, बाग्मती र गण्डकी गण्डकीमा यो पार्टीको शून्य सिट छ ।

नेपाली कम्युनिष्ट पार्टीले मधेस र बाग्मतीमा एकरएक सिट, लुम्बिनीमा २ सिट र कर्णालीमा २ सिट जितेको छ । कोशी, गण्डकी र सुदूरपश्चिममा यो पार्टीको प्रतिनिधित्व छैन । 

श्रम संस्कृति पार्टीको कोशीबाट ३ सिट र राप्रपाको कर्णालीबाट एक सिट आउँदा स्वतन्त्र उम्मेदवारको रूपमा महाविर पुन निर्वाचित भएका छन् ।

२०७९ को निर्वाचनमा ५७ सिटमा जित हासिल गरेको कांग्रेसले ३९ सिट गुमाएको छ । एमालेले ४३ सिट जितेकोमा ३४ सिट गुमाएको छ । नेकपाभित्र रहेका तत्कालिन माओवादी र समाजवादीले प्रत्यक्षतर्फ कुल २७ सिट जित्दा यस पटक १९ सिट गुमाएको छ ।

राप्रपाले ७ सिट जितेकोमा यस पटक ६ सिट गुमाएको छ । जसपा, जनमत, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोरणचा लगायत दलले यस पटक उपस्थिति जनाउन सकेनन् ।

यसअघि ७ सिट जितेको रास्वपाले यी सबैको सट्टा रास्वपाले ११८ सिट थपेर १२५ सिट बनाएको छ  । त्यस्तै, पहिलो पटक संसदीय निर्वाचन लडेको श्रम संस्कृतिले यसअघि दुई एमाले र एउटा माओवादीको किल्ला भत्काएर जित हासिल गरेको छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब