प्रतिनिधिसभा सदस्य निर्वाचन : मधेश प्रदेशमा ८९४ जना उम्मेदवारको जमानत जफत

  • फागुन २८, २०८२ | २८४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये ८९४ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

३२ वटा निर्वाचन क्षेत्रमध्ये मधेश प्रदेशको ३१ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार ९१ जनाले मात्रै आफ्नो जमानत जोगाउन सकेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार किशोरी साह कमल कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको कारण देखाउँदै आयोगले उम्मेदवारी खारेजी गरेको थियो ।

तर देशैभरि रास्वपाको लहर देखेपछि आयोगले धनुषा– १ मा निर्वाचित भएका उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिएता पनि मतपरणामलाई विवादित रहेको भन्न थालेको छ । जसले गर्दा आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गरिएको छैन । आयोगले यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।

धनुषा– १ बाहेक मधेश प्रदेशको ३१ वटा निर्वाचन क्षेत्रमा ९८५ जना उम्मेदवार रहेकोमा ८९४ जनाले आ– आफ्नो क्षेत्रमा कुल सदर मतको १० प्रतिशत मतसमेत पाउन सकेका छैनन् । सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा १०२ जना उम्मेदवारमध्ये ९० जनाको जमानत जफत भएको छ । यहाँ १२ जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

सिरहाको चार वटै निर्वाचन क्षेत्रमा १३८ जना उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत भएको छ । सिरहामा ११ जना आफ्नो जमानत बचाउन सफल भएका छन् । धनुषाको ३ निर्वाचन क्षेत्रमा ११६ जना उम्मेदवार रहेकोमा १०६ जनाको जमानत जफत भएको छ । यहाँ १० जना उम्मेदवारले आफ्नो जमानत बँचाउन सकेका छन् ।

महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा १३९ जना उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत भएको छ भने १२ जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् । त्यस्तै सिरहामा १३८ जना उम्मेदवारमध्ये १२७ जनाको जमानत जोगिएको छ । ११ जनाले आफ्नो जमानत जोगाएका छन् । सर्लाहीमा १३१ जना उम्मेदवार रहेकोमा १२२ जनाको जमानत जफत भए छ भने ९ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छन् ।

त्यस्तै रौतहटमा १४२ जना उम्मेदवारमध्ये १२८ जना उम्मेदवारले जमानत जोगाउन सकेका छैनन् । यहाँ १४ जना उम्मेदवारले मात्रै आफ्नो जमानत बचाएका छन् । त्यस्तै बारामा ११० जना उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भयो भने ११ जना उम्मेदवारले जोगाउन सकेका छन् । पर्सामा १०७ जना उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत भएको छ भने १२ जना जोगाउन सकेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा कुमारी चौधरी निर्वाचित हुँदा स्वाभिमान पार्टीका सुमित कुमार र नेकपा एमालेका सुमन राज प्याकुरेल गरी ३ जनाले आफ्नो जमानत जोगाउन सकेका छन् । सप्तरी– २ मा ३ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छन् । यहाँ रास्वपाका रामजी यादव निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो जमानत जोगाएका छन् ।

सप्तरी– ३ मा ३ जनाले आफ्नो जमानत जोगाउन सकेका छन् भने रास्वपाका अमरकान्त चौधरी निर्वाचित भएका छन् । त्यस्तै जसपा नेपालका उपेन्द्र यादव र नेपाली कांग्रेसका दिनेशकुमार यादवले आफ्नो जमानत जोगाउन सकेका छैनन् । सप्तरी– ४ मा समेत ३ जनाले आफ्नो जमानत जोगाउन सकेका छन् । जसमा रास्वपाका सिताराम साह निर्वाचित भएका छन् भने कांग्रेसका तेजु लाल चौधरी र जसपा नेपालकी बाँवी सिंहले आफ्नो जमानत जोगाएकी छन् ।

सिरहा– १ मा ३ जनाले आफ्नो जमानत जोगाएका छन् । रास्वपाका बब्लु गुप्ता निर्वाचित हुँदा कांग्रेसका रामसुन्दर चौधरी र नेकपा एमालेका रामशंकर यादवले जमानत जोगाएका छन् ।

निर्वाचन आयोगको मत परिणाम अनुसार मधेश प्रदेशको ३१ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । रास्वपाका ३१ उम्मेदवारमध्ये ३० जना निर्वाचित भएका छन् भने कांग्रेसले एउटा क्षेत्रमा आफ्नो साख जोगाएका छन् ।

त्यस्तै धनुषा– १ मा फागुन २९ गते सर्वोच्च अदालतले टुंगो लगाउने छ । तर अहिले भने सो क्षेत्रमा नेकपाले निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरिसकेको छ । त्यस्तै, नेपाली कांग्रसका ३१ ज्ना उम्मेदवारमध्ये २२ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छन् ।

कांग्रेसका एक उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै, नेकपा एमालेका १६ जना, जसपा नेपालका ९ जना, नेकपाका ९ जना, आजपा, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टीका १/१ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छन् ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब