मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

  • चैत २, २०८२ | १७६ पटक पढिएको | सीमा संदेश
alt

मध्यपूर्व (पश्चिम एसिया)मा भएको युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा महँगिएको छ । आइतबार रातिबाटै लागू हुने गरी आयल निगमले पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर समान १०–१० रुपैयाँले मूल्य बढाएको हो ।

निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य समायोजन गरी डिजेल प्रतिलिटर ५४ रुपैयाँ र पेट्रोल ३१ रुपैयाँले महँगिएर आएको थियो । तर, आयल निगमले मूल्यस्थिरीकरण कोषमा भएको रकमबाट घाटापूर्ति गर्ने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल–मट्टीतेल प्रतिलिटर १०–१० रुपैयाँ बढाएको जनाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ तोकिएको छ । 

आयल निगमका प्रवक्ता मनोज ठाकुर भारतबाट धेरै महँगिएर आए पनि कम मूल्यवृद्धि गरेको बताउँछन् । सार्वजनिक सवारीसाधनमा प्रयोग हुने भएकाले डिजेलको भाउ तुलनात्मक रूपमा कम घटाएर मूल्य नियन्त्रणका लागि सहयोग गर्न खोजिएको उनको भनाइ छ । 

आइओसीले बढाएर पठाएको दरअनुसार नै मूल्यवृद्धि गरिएको भए प्रतिलिटर पेट्रोल १८८ रुपैयाँ र डिजेल १९६ रुपैयाँ पुग्ने निगम बताउँछ । विगतमा निगमले नाफा कमाउँदा प्रतिलिटर २ रुपैयाँका दरले झिकेर खडा गरिएको मूल्यस्थिरीकरण कोषबाट घाटापूर्ति गर्ने गरी कम मूल्य बढाएको निगमको भनाइ छ । यो कोषमा अहिले १९ अर्ब रुपैयाँभन्दा बढी छ । तर, अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य बढ्ने हो भने कोषको रकमबाट बढीमा दुई महिना मात्र धान्न सकिने निगमले जनाएको छ 

मनोज ठाकुर
प्रवक्ता, आयल निगम

भारतबाट प्रतिलिटर डिजेल ५४ र पेट्रोल ३१ रुपैयाँले महँगिएर आएको छ । तर, सार्वजनिक सवारीसाधनमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक वृद्धि भए पनि सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने साधनको सहजतालाई ध्यानमा राखी उपभोग्य वस्तु सहज आपूर्ति एवं सार्वजनिक सवारीसाधन सहज सञ्चालनका लागि अधिकतम लचकता अपनाई कम मूल्य वृद्धि गर्ने रणनीति अपनाइएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब