मुख्यमन्त्री यादवको सय दिनमा ५१ उपलब्धि ! उपलब्धि की औपचारिकता ?

  • चैत ४, २०८२ | १५१ पटक पढिएको | सीमा संदेश
alt

नेपालको संविधान २०७२ को धारा १६७ र १७० ले प्रदेशको कार्यकारी अधिकार मुख्यमन्त्रीमा निहित गरेको छ ।

मन्त्रिपरिषद् गठन, मन्त्रालयको कार्यविभाजन र प्रदेशको समग्र विकासको बागडोर मुख्यमन्त्रीकै हातमा हुन्छ । तर, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो कार्यकालको १०० दिन पूरा गर्दा, उपलब्धि भन्दा बढी चर्चा उनको कार्यशैली र दाबीको भइरहेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो सय दिने उपलब्धिमा प्रदेश सरकारको अनुभूति दिलाउन सकेकोलाई मुख्य उपलब्धिको रुपमा लिएका छन् । मुख्यमन्त्री यादवले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै आफ्नो जिम्मेवारी पूरा गर्दै मधेश प्रदेश सरकार रहेको अनुभूति दिलाउन सफल भएको दाबी गरे ।

उनले सरकार सम्हालेको एक सय दिनमा समेत औलामा गणना हुने गरी यति वटा काम सम्पन्न गरेको भनि गनाउनसमेत सकेनन् । बरु उनले एक सय दिनमा करिब पचास दिन निर्वाचन आचारसंहीता पालनामै वितेको भन्नसम्म भ्याए । जेन– जी आन्दोलनको क्रममा भएको आगजनीमै मन्त्रालय व्यवस्थापन र मन्त्रीहरुको नियुक्तिमै वितेको बताउँदै मुख्यमन्त्री यादवले यसलाई पनि उपलब्धिकै रुपमा लिएका छन् ।

मुख्यमन्त्री यादवले ई–रिक्सा चालक र ट्रैक्टर चालकलाई लाइसेन्स लिनका लागि शिक्षाको समेत आवश्यकता नभएको जिकिर समेत गर्न भ्याए । बेरोजगारहरुका लागि रोजगार मिल्ने भएकाले लिखित परीक्षा बिना नै लाइसेन्स वितरण गर्ने उनी बताउँछन् । मुख्यमन्त्री यादवले एक सय दिनमा गन्ने गरी एउटा पनि काम देखाउन नसक्नु प्रदेश सरकारमाथि नै प्रश्न तेर्सिएको छ ।

कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार …१०० दिन ५१ कामÚ शीर्षकको प्रगति विवरण नै सार्वजनिक गरेको छ । तर आमजनले भने मधेशमा प्रदेश सरकार रहेको छ वा छैन भन्ने कुरामा पनि अन्योलता सृजना भएको टिप्पणी गर्न थालेका छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब