गायक ललित कामत पुरस्कृत

  • चैत ८, २०८२ | १५२ पटक पढिएको | सीमा संदेश
alt

संस्कृति विद्या मन्दिरद्वारा आयोजित संस्कृति उत्सवका अवसरमा श्री आञ्जनेय सेवाश्रम स्व. पवनकुमार बाजोरियाको स्मृतिमा स्थापित संगीत तथा कला पुरस्कार २०८२ ले शास्त्रीय लोक एवं आधुनिक गीतका गायक ललित कामतलाई प्रदान गरिएको छ ।

जनकपुरधाममा शनिबार संस्कृति विद्या मन्दिरले आयोजना गरेको समारोहमा गायक कामतलाई शास्त्रीय लोक एवं आधुनिक गीत गायनको श्रीवृद्धिमा उल्लेख्य योगदानका लागि पुरस्कृत गरिएको जनाइएको छ । यस सेवाश्रमद्वारा गठित तीन सदस्यीय पुरस्कार छनोट समितिका संयोजक हिमांशु चौधरी, सदस्यहरुमा शैलेन्द्र झा, अभय शर्माले सिफारिस गरेपछि गायक कामत पुरस्कृत भएका छन् ।

सो पुरस्कारमा ११ हजार रुपैयाँ नगद र कदर पत्रबाट पुरस्कृतसहित सम्मान मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले गरेका थिए । सो अवसरमा स्वरका धनीका कारण गायक कामत जनप्रिय रहेको भन्दै उनलाई पुरस्कृत गरेपछि उनको सांगीतिक क्षेत्रमा कामतको योगदान उल्लेख्नीय रहेको प्रसंग चर्चा गरे ।

सो संस्कृति उत्सवमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, विद्या मन्दिरका संस्थापक डा. अनिल अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायतका सहभागिता रहेको थियो । यस कार्यक्रममा विद्या मन्दिरका विद्यार्थीहरुले संस्कृतिक लोक नृत्य समेत प्रस्तृत गरेका थिए ।

कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदी ...

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब