गोलबजार निपानेका दलित महिलाका एक गाग्री पानी पीडा

  • चैत ८, २०८२ | २११ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ ।

यस क्षेत्रमा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार खानेपानीमा लाखौँ खर्चे पनि निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन ।

यही बस्तीमा जुगेश्वरीदेवी रामले झन्डै जुनी बिताइसकिन । कपालले रंग फेरेर सेताम्मे भइसके । तर, उनले वर्षौअघि पानीका लागि भोग्दै आएको अपमान उस्तै छ ।

‘पहिला खेतको बोरिङबाट पानी ल्याउँथ्यौँ, कैयौँ दिन त पानी नहुँदा बालबालिका भोकै काममा गएका छन्,’ जुगेश्वरीको अनुभव छ,‘यहाँ पानीका दुःख कहिल्यै गएनन् ।’

६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो ।

बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ ।

‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’  दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’

यस क्षेत्रका दलित निर्वाचनका ब्लेट मतपत्रमा देखन्छन । यसैपछि बन्ने सरकार देखेका छैन् । यस पटक बन्ने सरकार हाम्रा समस्या बुझछन् विश्वास रहेका बताउन छन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब