यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

  • चैत १०, २०८२ | १६६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई दिएका हुन् । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।

संसदको सूचनाअनुसार शपथ लिन चाहने संसदको संख्या २४ पुगेको छ । उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ ।

चैत ११ गते ज्येष्ठ सदस्यको शपथ राष्ट्रपति कार्यालयमा भएपछि चैत १२ गते संसद भवनमा बाँकी सदस्यको शपथ हुँदा यी २४ जनाले मातृभाषामा शपथ लिने भएका छन् ।

मातृभाषामा शपथ लिने सांसदहरूः
१. तामाङ भाषा
परशुराम तामाङ

 

२. नेपाल भाषा (नेवारी)
अनुष्का श्रेष्ठ
कृष्णभक्त शाक्य
गंगालक्ष्मी अवाल
मदनकृष्ण श्रेष्ठ
रुकेश रञ्जित
विराजभक्त श्रेष्ठ

३. डोटेली भाषा
आकृति अवस्थी
दीपकराज बोहरा
हरिनादेवी कामी

४. मैथिली भाषा
उज्जवलकुमार झा
दीपककुमार साह (महोत्तरी)
दीपककुमार साह (सुनसरी)
प्रमोदकुमार महतो
मातृका यादव
सीताराम साह

५. भोजपुरी भाषा
कन्हैया बनिया

६. थारु भाषा
गीता चौधरी
प्रमिलाकुमारी गच्छदार

७. राना थारु भाषा
कृपाराम राना

८. संस्कृत भाषा
खुश्बु ओली

९. मगही भाषा
जोगकुमार यादव

१०. अवधि भाषा
मोहम्मद इस्तियाक राई

११. वान्तावा भाषा
ध्रुवराज राई

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब