शपथ ग्रहणमा मधेशीको छुट्टै दृश्य

  • चैत १३, २०८२ | १९० पटक पढिएको | सीमा संदेश
alt

नवनिर्वाचित प्रतिनिधि सभा सांसदहरु बिहीवार शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरिएकोमा मधेशबाट प्रतिनिधित्व गर्नेहरुको केही फरक दृश्यहरु देखियो ।

समयमा कपडा तयार हुन नसक्दा ढिला पुगे, त कोही मैथिला पहिरनमा त कोही स्कूल ड्रेसमा देखिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबिन महतोले निर्धारित समयमै उपस्थित हुन नसक्दा नियमित शपथ ग्रहण समारोह छुटेपछि पछि छुट्टै रूपमा पद तथा गोपनीयताको शपथ लिए । संघीय संसद सचिवालयका अनुसार महतोले सिंहदरबारस्थित ज्येष्ठ सदस्यको कार्यकक्षमा ज्येष्ठ सांसद अर्जुननरसिंह केसी समक्ष शपथ लिएका हुन् । उनले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गरेका छन् ।

शपथ समारोहमा सहभागी हुन निस्कनुअघि महतोले लगाउने कपडा फिट नभएपछि त्यसलाई मिलाउने क्रममा ढिलाइ भएको थियो । त्यसपछि ट्याक्सीमार्फत सिंहदरबार पुग्दा निर्धारित समयको शपथ ग्रहण कार्यक्रम छुटेको बताइएको छ । कटेल सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।

यस्तै रास्वपा सांसद रहबर अन्सारी स्कुल पोशाकमा उपस्थित भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी निलो सर्ट–पाइन्ट लगाएर र पिठ्यूँमा झोला राखेर संसद् प्रवेश गर्दा सञ्चारकर्मीहरूको ध्यान खिचिएका थिए । प्रतिक्रिया दिँदै अन्सारीले भने, æ३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लगाउनुभएको थियो । आज मेरो ७४ वर्षका बुवाले मलाई संघीय संसद भवनमा ल्याउनु भएको छ । उहाँका लागि व्यक्तिगत गर्वको विषय होला । तर यसले सम्पूर्ण अभिभावकलाई सम्मान गर्ने अवसर दिएको छ । हाम्रो सफलता र समृद्धि विद्यालयबाटै सुरु हुन्छ ।Æ सांसद अन्सारीले थप भने, ‘मैले बोकेको झोला विद्यार्थीहरूको झोला हो, ज्ञानको झोला हो । आजको खुशीको अवसरमा सबैभन्दा ठूलो योगदान बुवा र शिक्षकहरूको छ भन्ने सन्देश दिन चाहन्छु ।’ रहबर अन्सारी पहिले नेकपा सदस्य थिए र हाल रास्वपा प्रवेश गरेका हुन् भने उनी प्रत्यक्ष निर्वाचनबाट बारा–४ क्षेत्रबाट निर्वाचित भएका थिए ।

धोती कुर्तामा मधेशी सांसद

यता मधेशबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद धोती कुर्ता र कुर्ता पायजामामा सजिएर शपथ ग्रहण कार्यक्रममा गएका थिए । उनीहरुको यो पहिरनले संसदभित्र मधेशको छुट्टै पहिचान झल्किएको थियो ।

धनुषा १ का नेकपा सांसद मातृका यादव, धनुषा २ का रास्वपा सांसद रामविनोद यादव, महोत्तरी ३ का रास्वपा सांसद उज्जवल कुमार झा , महोत्तरी २ का रास्वपा सांसद दिपक कुमार साह, सिरहाका सांसदहरु शिव यादव, बब्लु गुप्ता, पुरुषोत्तम यादव र पर्सा २ का रास्वपा सांसद सुशिल कानु मधेशी पहिरन धोती कुर्तामा सजिएर संसद भवन पुगेका थिए ।

झाले लगाएको पहेलो धोती, सेतो कुर्ताले सबैको ध्यान तानेका थिए । संसदको रंगबिरंगी दृश्यमा मिथिलाको पहिरनको छुट्टै पहिचान काठमाण्डूमा झल्किएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब