दुईदेखि तीन हप्तामा इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

  • चैत १८, २०८२ | १९८ पटक पढिएको | सीमा संदेश
alt

पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेशन दुईदेखि तीन हप्ताभित्र समाप्त गर्ने घोषणा गरेका छन्।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले सरकारले इरानसँग वार्ताका साथसाथै सैन्य कारबाही पनि जारी राखेको बताए। इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिका इरानबाट बाहिर निस्केपछि अवस्थामा सुधार आउने र तेलको मूल्यपनि घट्नसक्ने बताए।

उनले अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने दाबीसमेत गरे।

अमेरिकी सेनापछि ट्रम्पले इरानबाट आफ्ना कम्पनीहरूलाई कुनै ठूलो खतरा नरहेको बताउँदै इरानले साँच्चै हमला गर्ने वा कम्पनीहरुलाई उडाउने धम्धी दिएको हो र भन्दै प्रतिप्रश्न गरेका थिए। उनले इरानले अब त्यस्तो कुनै कदम नचाल्ने र अमेरिकी कम्पनीहरुमाथि हमला नगर्ने विश्वाससमेत व्यक्त गरे।

उनले इरानसँग परमाणु हतियार नभएको र यसले त्यस्ता हतियार प्रयोग गर्न नसक्ने बताए। ट्रम्पले इरानका धेरैजसो पुराना नेताहरू मरिसकेकाले गर्दा खतरा पहिलेको तुलनामा कम भएको दाबी गर्दै अवस्था अहिले पहिलेभन्दा धेरै नियन्त्रणमा रहेकोले चिन्ता गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

ट्रम्पले इरानसँग सम्झौता गर्नु नै पर्छ भन्ने जरुरी नरहेको बताउँदै अब इरानमा नयाँ शासन छ, जुन पहिलेभन्दा बढी वार्ताका लागि तयार र सहज छ। ट्रम्पले अमेरिकाको उद्देश्य इरानले लामो समयसम्म परमाणु हतियार बनाउन नसकोस् भन्ने मात्र रहेको स्पष्ट पारे।

उनले आगामी धेरै वर्षसम्म इरानले परमाणु हतियार बनाउन नसक्ने दाबी गरेका ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि भविष्यमा इरानले फेरि परमाणु हतियार बनाउने प्रयास गरेमा अमेरिकाले पुनः कडा कारबाही गर्नेछ।’ ट्रम्पले इरानका पुराना नेताहरूलाई कट्टर र खतरनाक बताएपनि वर्तमान नयाँ नेतृत्व पहिलेभन्दा राम्रो र कम कट्टर रहेको टिप्पणीसमेत गरे।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब