यौन सम्बन्ध बनाउने क्रममा झगडा हुँदा श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

  • चैत २६, २०८२ | २०६ पटक पढिएको | सीमा संदेश
alt

छिमेकी मुलुक भारतको उत्तर प्रदेश रामपुर जिल्लाको कोतवाली सिभिल लाइन्स क्षेत्रमा श्रीमानले श्रीमतिलाई शारिरिक सम्बन्धकै बेला हत्या गरेको घटना बाहिरिएको छ । एक शिक्षिकाको शव घरको ओछ्यानमा पूरै नग्न अवस्थामा फेला परेको छ। यौन सम्बन्ध बनाउने क्रममा झगडा हुँदा श्रीमानले रिसमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

घटना अनुसार, पति–पत्नीबीच शारीरिक सम्बन्ध चलिरहेको बेला केही विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा पति रिसाए र पत्नीको घाँटी दबाएर उनको ज्यान लिए। हत्या भएपछि पति डराएर भागे र श्रीमतीको शवलाई जस्ताको त्यस्तै नग्न अवस्थामा बिस्तरमा छोडेर घरको ढोका लगाएर भागे।

घर बन्द रहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुग्यो। ढोका खोलेर हेर्दा बिस्तरमा शिक्षिकाको नग्न शव देखियो। प्रहरीले शव कब्जामा लिएर पोस्टमार्टमका लागि पठायो। प्रारम्भिक अनुसन्धानमा यो प्राकृतिक मृत्यु नभएको देखिएपछि थप छानबिन गरियो।

पतिलाई पक्राउ गरी सोधपुछ गर्दा उनले सुरुमा जिम्मेवारीबाट भाग्ने प्रयास गरे पनि पछि अपराध स्वीकार गरे। उनले रिसको झोकमा घाँटी थिचेर हत्या गरेको बताएका छन्।

मृतक शिक्षिकाको परिवारले घटनास्थलमा पुगेर पति र देवर (भाइ) लाई दहेजको लागि लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिइरहेको आरोप लगाएका छन्। परिवारले पहिले पनि यस्ता उजुरी दिएको तर दबाइएको दाबी गरेको छ। प्रहरीले मृतकको परिवारको उजुरीका आधारमा दहेज मृत्यु सम्बन्धी मुद्दा दर्ता गरेको छ।

रामपुरका अतिरिक्त प्रहरी अधीक्षक अनुराग सिंहले भने, “शिक्षिकाको शव फेला परेपछि प्रहरीले तत्काल कारबाही गरेको थियो। पोस्टमार्टमपछि परिवारको निवेदनका आधारमा दहेज मृत्युको मुद्दा दर्ता गरियो। पतिले सोधपुछमा हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरी जेल पठाइएको छ।”
यता उक्त घटनाले स्थानीय क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। प्रहरीले नयाँ एसपीको नेतृत्वमा यो दोस्रो ठूलो मुद्दा छिट्टै समाधान गरेको बताएको छ। थप अनुसन्धान भइरहेको छ। एजेन्सी

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब