दुई दिने बिदाले शैक्षिक क्यालेन्डर प्रभावित

  • चैत २९, २०८२ | २३४ पटक पढिएको | सीमा संदेश
alt

नयाँ शैक्षिक सत्र अन्तर्गत विद्यालय भर्ना अभियान र पठनपाठन शुरु गर्ने समय अघिल्ला वर्षको तुलनामा केही पछि सार्ने सरकारको निर्णयलाई ‘ अव्यवहारिक’ भन्दै स्थानीय तह तथा केही सामुदायिक एवं निजी विद्यालयका अधिकारीहरूले पुनर्विचार गर्नका लागि माग गरेको छ ।

सरकारले ‘२०८३ सालको शैक्षिक सत्र वैशाख पन्ध्र गतेबाट शुरु गर्ने’ तथा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसंगै बिहीबार शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्न भनेको छ । उक्त केन्द्रका अधिकारीहरूले ‘दुई दिन विदा दिने परिवर्तित सन्दर्भमा सहजीकरणका निम्ति आफूहरूलाई भनिएको र त्यसैको प्रतिक्रियामा सो ‘सर्कुलर’ गरिएको’ बताएका छन् ।

यस अघि वैशाख महिना लाग्ना साथ भर्ना अभियान शुरु हुन्थ्यो । सामुदायिक विद्यालयसम्बद्ध प्रधानअध्यापक संघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र स्थानीय तहका पदाधिकारी तथा शिक्षाविद्ले सरकारको उक्त निर्णयले पठनपाठनमा प्रतिकूल प्रभाव पर्न सक्ने टिप्पणी गरेका छन् ।

धनुषाको एक स्थानीय तहले शैक्षिक सत्र सञ्चालनको शुरु हुने मितिसम्बन्धी संघीय सरकारको निर्णय गलत भएको टिप्पणी गरे पनि साप्ताहिक दुई दिने बिदाको निर्णय कार्यान्वयन गर्नै पर्ने बाध्यता रहेको जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन) र सामुदायिक विद्यालयसम्बद्ध प्रधानअध्यापक संघका पदाधिकारीहरूले इन्धनको अभाव भएका बेला दुई दिन विदा दिने निर्णयलाई अन्यथा नठानिए पनि भर्ना अभियान र पठनपाठन ढिला थाल्ने निर्णयको कारणबारे बुझ्न नसकिएको जनाएका छन् ।

वैशाख २१ गतेबाट पठनपाठन शुरु गर्दा उक्त महिनाको शुल्कका सम्बन्धमा पनि विवाद उत्पन्न हुन सक्ने उनीहरु बताउँछन् । प्रधानाध्यापक संघद्वारा दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने र ढिलो शुरु हुने भर्ना अभियानका कारण विद्यार्थी भर्ना संखया प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । एकजना शिक्षाविद्ले पनि अन्य विकसित देशको शिक्षणसिकाइ र नेपालको परिवेशको तुलना गर्न नमिल्ने बताए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब