कुखुराको मासु खाँदा एकै परिवारका दुईको मृत्यु

  • वैशाख ६, २०८३ | १९४ पटक पढिएको | सीमा संदेश
alt

पोल्ट्री फार्ममा मरेको कुखुराको मासु खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । 

कैलालीको चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको कुखुरा खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । मासु खाएपछि बिरामी परेका परिवारका चार जनलाई उपचारका लागि अस्पताल लगिएको थियो । ती मध्ये दुई जनाको मृत्यु भएको हो । 

बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिएका छन् । 

घटनापछि फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब