सिरहा मेयरमाथि अंगभंग मुद्दा दायर

  • वैशाख ६, २०८३ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा दर्ता रहेको मुद्दा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ । अनुसन्धानका क्रममा अभद्र मुद्दा अंगभंगमा परिणत भएको हो ।

नगर प्रमुख यादवले चैत २३ गते बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट उनको छातीको करङ भाँचिएको छ ।

यस घटनामा चैत २५ मा जिल्ला प्रहरी कार्यालय, सिरहाले मेयर यादवसँगै कुटपिटमा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तरमाथि पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा  दर्ता गरी पक्राउ पुर्जी लिएको थियो 

घटनालगत्तै कुटपिटमा संलग्न कर्मचारी मेस्तर पक्राउ परिसकेको भए पनि मेयर यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । मेयर यादव फरार रहँदै आएको र उनको खोजीकार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।

’हाम्रोमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएसँगै उहाँको खोजी गरिरहेका छौं, फेला पर्नुभएको छैन, लुकिछिपी बस्दै आउनुभएको छ,’ डीएसपी पालले भने, ’हामी अझै खोजीमै छौं, उहाँ पक्राउ पर्नुहुन्छ ।’

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब