सिरहा नगरपालिकाका मेयर ४० हजार धरौटीमा रिहा

  • वैशाख १२, २०८३ | २८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नबिन कुमार यादव ४० हजार धरौटीमा रिहा भएका छन्।

उनी शुक्रबार जिल्ला अदालत सिरहामा उपस्थित भई धरौटी बुझाएपछि रिहा भएका हुन्।

चैत २३ गते बिहान नगरपालिका कार्यालयमा हाजिरीका क्रममा कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट भएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही घटनापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

घटनापछि चैत २४ गतेदेखि सुरु भएको कर्मचारी आन्दोलन प्रमुख जिल्ला अधिकारीको विशेष निर्देशन तथा शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै चैत ३० गते स्थगित गरिएको थियो।

हाल मेयर यादव धरौटीमा रिहा भए पनि घटनासम्बन्धी अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब