लेखापालका कारण गाउँपालिकाको सेवा प्रभावित

  • वैशाख १४, २०८३ | २२४ पटक पढिएको | सीमा संदेश
alt

बरियारपट्टी । कमिसन बिन कार्य नगर्ने चर्चित बिरयारपट्टी गाउँपालिकाको लेखापाल बिजय कुमार ठाकुरका कारण गाउँपालिकाको सेवा प्रभावित भएको छ । दैनिक रुपमा पालिकाम दिनु पर्ने सेवा नदिदाँ पालिकाको सेवा प्रभावित भएको हो । लेखापाल ठाकुर अहिले जिल्लाका लक्ष्मीपुर पत्तारी गाउँपालिका, बरियारपट्टी गाउँपालिका र जिल्ला हुलाक कार्यालय सिरहामा  सेवा दिइरहेका छन्।

तर लेखापाल ठाकुरले सेवा दिईहेको कार्यालयमा सहजै भेटिदैनन् र्। उनको मोबाइल फोन जतिवेला पनि स्विच अफ नै हुन्छ । कुन दिन कुन कार्यालयमा हुन्छ भने कसैलाई थाहा हुदैन् । 
ठाकुरले कार्यरत्त ठाउँहरुमा भुक्तानी लिनु पर्ने जादाँ उनलाई पहिलो खोजेर भेटनु पर्छ अनि कमिसन कुरा मिलाए मात्र भुत्तानी दिन नियमनै बनाएका छन् । कमिसनका लागि सबै कार्यालयमा एक जना कर्मचारीलाई नै जिम्मेवारी दिई सेटिंग व्यवस्थापन गरेका छन् ।

कार्य गरेको कुनै भुत्तानी लिुन परे उसले सेटिंग व्यवस्थापन गरी राखेका कर्मचारीलाई कमिसन डिल गरी गए मात्र लेखापाल ठाकुरसँग भेट हुन्छ र भुत्तानी हुन्छ । यदि कुनै कार्यक्रमको कमिसन डिल ठाकुरसँग नभए विभिन्न बहाना गरी भुत्तानी रोकी सेवा ग्राहीलाई दुःख दिने कार्य गरेको आरोप पिडितहरुका छन् ।

कार्य सम्पन भएपनि भुत्तानी नदिने र फोन स्विच अफ गरी लुकेर बस्ने जस्ता क्रियाकलाप गरी रहेको बरियारपट्टी गाउँपालिकाको अध्यक्ष संतोष कुमार महतोको भनाई छन् । 

ठाकुरले फोन पनि नउठाने र कार्यालय पनि नआउँदा पालिकाको सम्पूर्ण कार्य नै प्रभावित भएको छ । लेखापालका कारण पालिकाको कार्य नै प्रभावित भईरहको भन्दै पटक पटक कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहामा जानकारी गराउँदा पनि कुनै सुधार भएन् । लेखापाल नै परिवर्तन गरी अरुलाई पठाई दिनु माग गरेपनि कोलनिकाले कुनै वास्ता नै नगरेको र पाँच वर्ष देखि समस्या भोगिरहेको महतोले बताए ।

लेखापाल ठाकुरको कमिसन सेटिंगका कारण कोलनिकाले पनि उनले भने अनुसारकै ठाउँमा व्यवस्थापन गर्दै आईरहको एक कर्मचारीले बताए । उनले भने अनुसारका ठाउँमा राखे वापत पनि कमिसन दिईरहको आरोप रहेको छ । 

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब