नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने, हवाइ इन्धन र ग्यासको मूल्य बढाएकाे छ । पेट्रोल २ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १२ रुपैयाँ प्रतिलिटरले घटाएको छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ५० रुपैयाँका दरले बढाएको छ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल २ सय १७ र डिजेल तथा मट्टितेल समान २ सय २५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर ७ रुपैयाँले बढाएर २ सय ६९ रुपैयाँ कायम गरिएको छ । बाह्य हवाइ इन्धन प्रतिकिलोलिटर ४६ डलर बढाएर १८ सय ३१ डलर कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर २ हजार १० रुपैयाबाट बढेर २१ सय ६० रुपैयाँ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved