ठूलो नगदबोकेका नेपालीसहित दुईजना पक्राउ

  • वैशाख १८, २०८३ | ५४ पटक पढिएको | सीमा संदेश
alt

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हुण्डी कारोबार नियन्त्रणका लागि सक्रियता बढाएको छ। बारा जिल्लाको कचोरवा नाका हुँदै नेपालबाट भारततर्फ ठूलो रकम लैजाँदै गरेका एक नेपालीसहित दुई जनालाई झडौखर चेकपोस्टमा नियन्त्रणमा लिइएको हो।

बिहीबार साँझ नियमित जाँचका क्रममा भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीको साथमा रहेको ब्याग परीक्षण गर्दा उल्लेख्य परिमाणमा नगद फेला परेको एसएसबीले जनाएको छ।

एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गुप्ताको साथबाट नेपाली रुपैयाँ ९ लाख ६३ हजार ६५० तथा भारतीय रुपैयाँ ७१ हजार ४१० बरामद भएको थियो। त्यस्तै, तेलीको साथबाट नेपाली रुपैयाँ १ लाख १० हजार फेला परेको छ।

घटनापछि एसएसबी ७१औँ बटालियन अठमोहन कम्पनी तथा जितना प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो। एसएसबी प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद रकमसहित दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जितना प्रहरीलाई जिम्मा लगाइएको छ। पक्राउ परेका भारतीय नागरिक बिहार पूर्विचम्पारण सिकारगन्जका नरेश कुमार गुप्ता र नेपाली नागरिक बारा कलैया उपमहानगरपालिका गालोपटी बजनिका जैलाल साह तेलीको रूपमा पहिचान खुलेको एसएसबिले जनाएको छ।

बगरमै मोहरः खरबुज खेतीबाट मनग्य आम्दानी

निजी जग्गा नभएका धनुषा–सिरहाको सीमावर्ती क्षेत्रत ...

पेट्रोल र डिजेलको भाउ घट्यो, हवाइ इन्धन र ग्यासको

नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी& ...

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा ...

वैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १८ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब