सार्वजनिक जग्गा अतिक्रमण हटाउन सिरहा प्रशासनको निर्देशन

  • वैशाख २३, २०८३ | १९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने विषयमा कडा निर्देशन जारी गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार जारी सूचनामा जिल्लाभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन आवश्यक प्रक्रिया अघि बढाउन सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

प्रशासनले सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान स्थानीय तहबाट यथार्थपरक रूपमा गर्नुपर्ने उल्लेख गरेको छ।

वास्तविक सुकुमवासीको पहिचान भएपछि उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, खाद्य तथा अन्य आधारभूत सुविधासहित वैकल्पिक व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै,अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आवश्यक सुरक्षा प्रबन्ध मिलाइने र जिल्ला सुरक्षा समितिको समन्वयमा योजना कार्यान्वयन गरिने सूचनामा उल्लेख छ। यसका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी कार्य अगाडि बढाइने बताइएको छ।

अतिक्रमण हटाउने कार्यको विस्तृत जानकारी आम नागरिकलाई उपलब्ध गराउने र जिल्लाका सबै स्थानीय तहसँग समन्वय बैठक गरी साझा रणनीति तय गरिने पनि प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले कसैलाई पनि असुरक्षित रूपमा विस्थापित नगरी सुरक्षित तथा व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गरिने स्पष्ट पारेको छ। साथै, यस अभियान सफल बनाउन सबै सरोकारवाला र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब