ट्रम्पद्वारा युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अस्वीकार

  • वैशाख २८, २०८३ | १०० पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन् ।

आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै इरानका प्रतिनिधिहरूबाट आएको जवाफ पढेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।

इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्तामार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड दिइएको बताइएको थियो ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डारसम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताएका छन् ।

यसअघि आइतबार तेहरानले पाकिस्तानमार्फत वासिङ्टनलाई एउटा प्रस्ताव पठाएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो ।

इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । डीडब्ल्यू

कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदी ...

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब