मधेश सरकारलाई निरन्तरता दिने सत्ता साझेदार दलको निर्णय

  • वैशाख २८, २०८३ | २१७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने र संविधानअनुसार छिट्टै विश्वासको मत लिने समझदारी बैठकमा भएको छ।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइनका तर्फबाट रानी शर्मा तिवारी सहभागी हुनुहुन्थ्यो।

यसअघि जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मधेश प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारबाट भने बाहिरिएको छैन। सो पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा सरकारमा सहभागी हुनुहुन्छ।

हाल १०२ सदस्यीय कायम रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५२ जना सदस्य आवश्यक पर्छ। वर्तमान मुख्यमन्त्री यादवलाई सरकारमा सहभागी नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५ र लोसपा नेपालका ८ गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब