बरियारपट्टी भन्सार पुनःस्थापनाको माग गर्दै आन्दोलन

  • वैशाख २८, २०८३ | १७७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बरियारपट्टी छोटी भन्सार खारेज गरी कर्मचारी फिर्ता बोलाइएपछि स्थानीयवासी चार दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

पश्चिममा माडर भन्सार र पूर्वमा ठाडी भन्सार पुग्न करिब ५० किलोमिटर दूरी तय गर्नुपर्ने भएकाले बरियारपट्टी गाउँपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकाका स्थानीयवासीलाई सास्ती हुने भएको छ । त्यसैले बरियारपट्टी भन्सार पुनःस्थापना तथा स्तरोन्नतिको माग गर्दै विभिन्न राजनीतिक दलका अगुवा, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिले चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

आइतबार बरियारपट्टी चोकमा आयोजित शान्तिपूर्ण आन्दोलनमा बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतो, नेपाली कांग्रेस सिरहाका सभापति तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का पूर्व प्रत्याशी रामचन्द्र यादव, कांग्रेस युवा नेता सरोजकुमार यादव र प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले भन्सार पुनःस्थापना तथा स्तरोन्नतिको माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो ।

यसैबिच सिरहा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बरियारपट्टी छोटी भन्सार पुनःस्थापनाका लागि अर्थमन्त्री र सम्बन्धित विभागसँग सम्पर्क गरी दबाब सिर्जना गर्ने पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुशील कोइरालाको नेतृत्वमा गठित सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई भन्सार स्तरोन्नतिका लागि सिरहा उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र बुझाएको थियो । म प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदा पनि भन्सार स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको थिएँ ।”

विगतकै सरकारले छोटी भन्सार हटाउने निर्णय गरेको र गएको फागुनमै राजपत्रमा सूचना प्रकाशित भइसकेकाले वर्तमान सरकारले कार्यान्वयनका क्रममा कर्मचारी फिर्ता बोलाएको बताइएको छ । त्यसपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब