वडाध्यक्षसहित ६ जनाविरुद्ध प्रहरीमा जाहेरी

  • वैशाख ३०, २०८३ | ३३७ पटक पढिएको | सीमा संदेश
alt

निजी जग्गामा पूर्वसहमति नलिई जबर्जस्ती सडक निर्माण गरिएको घटनाको विरोध गर्दा बाँधेर दुर्व्यवहार गरिएको घटनामा संलग्न वडाध्यक्षसहित ६ जनाविरुद्ध प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पीडित पक्षले दिएको जाहेरी कानुनबमोजिम दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । औरही गाउँपालिका– ३ का वडाध्यक्ष जीवछ यादवसहित उनका छोरा मुकेश यादव, भाइ रामबाबु यादव, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमा यादव, उनका बाबु विसुन यादव र भाइ विजय यादव गरी ६ जनाविरुद्ध पीडित पक्षले दिएको जाहेरी मंगलबार दर्ता गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।

पीडित पक्षले जनप्रतिनिधि, नातेदार, उपभोक्ता समितिका पदाधिकारी, सहयोगीलगायत व्यक्तिविरुद्ध दिएको जाहेरी दर्ता गरिएपछि पक्राउ अनुमति लिएर थप अनुसन्धान गरिने उनले बताए । ‘घटनाको विभिन्न ढंगले अनुसन्धान गर्ने क्रममा प्रत्यक्ष र सहयोगीको भूमिकामा रहेका व्यक्तिलाई सोहीबमोजिमको कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । औरही– ३ को पिपरा टोलमा पछिल्लो आर्थिक वर्ष ०८१/८२ कृषि सडक विस्तारका क्रममा एकतर्फी रूपमा स्थानीय वीरेन्द्र साहको जग्गा लिइएको भन्दै विवाद भएपछि सडक सञ्चालन हुन नसकेको जनाइएको छ ।

यस्तो थियो घटना
अतिक्रमण हटाउने नाममा जबर्जस्ती व्यक्तिको निजी जग्गा कब्जा गरी सडक निर्माण गरेको भन्दै विरोध गर्ने क्रममा वडाध्यक्षको अगुवाइमा उनका सहयोगीको समूहले सोमबार बिहान बाँधेर दुर्व्यवहार गरेको पीडितले बताए । वडाध्यक्ष यादवसहित उनका सहयोगी सोमबार बिहान साहको निजी जग्गामा एकतर्फी रूपमा जबर्जस्ती सडक निर्माण गरिएपछि विरोध गर्दा उल्टै अतिक्रमण हटाउन अवरोध गरेको भन्दै बाँधेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

व्यक्तिको निजी जग्गामा जबर्जस्ती सडक बनाएको बारेमा विरोध गर्दा बाँधेर दुर्व्यवहार गरेको घटनामा वडाध्यक्षलाई पदबाट निलम्बन गर्दै पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ । जनमत पार्टी सिराहा जिल्ला समितिका अध्यक्ष पकजुमार सिंहले मंगलबार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै घटनामा प्रत्यक्ष संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पीडित साहलाई बाँधेर दुर्व्यवहार गर्नुका साथै स्थानीय गीतादेवी ठाकुर, मनोजकुमार साह र तिनका परिवारका सदस्यसमेतलाई बन्धक बनाई अमानवीय व्यवहार गरिएको घटना गैरकानुनी र मानव अधिकारविरोधी रहेको उल्लेख छ । 

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब