विश्वकपमा म्याडोना र साकिरा

  • जेठ १, २०८३ | १४१ पटक पढिएको | सीमा संदेश
alt

म्याडोना, साकिरा र के–पप मेघा सुपर स्टार बीटीएसले विश्वकप २०२६ को फाइनलमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

फिफाले बिहीबार घोषणा गरेअनुसार यो सुपर बाउल शैलीको मध्यान्तरको कार्यक्रम हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइट स्टेडियममा हुनेछ । कोल्ड प्लेका क्रिस मार्टिनले कार्यक्रम चलाउने छन् । विश्वकप इतिहासमै फाइनलमा यस्तो कार्यक्रम पहिलोपल्ट राख्न लागिएको हो ।

तर, अहिले नै कार्यक्रम कति लामो हुने हो भनेर चिन्ता सुरु भइसकेको छ । यसपल्टको विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो रहनेछ, किनभने यसमा ४८ देशको सहभागिता हुनेछ । ११ जुनदेखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गत वर्षको मार्चमा फाइनलको बीचका यस्तो सांगीतिक कार्यक्रम हुने घोषणा गरेका थिए । त्यति बेला उनले कार्यक्रममा को–को सहभागी हुने र यो कति लामो हुन्छ त्यो भने बताएका थिएनन् । इन्टान्टिनोले इन्स्ट्राग्राममा भनेका छन्, ‘यो विश्वकपमै ऐतिहासिक अवसर रहनेछ । यसले विश्वकप जस्तो ठूलो प्रतियोगितालाई अझ रंगीन बनाउने छ ।’ सन् २०२४ को मियामीमा भएको कोपा अमेरिकाको फाइनलमा पनि मध्यान्तरमा कोलम्बियाली स्टार साकिराले आफ्नो प्रस्तुति दिएकी थिइन् । त्यो खेल हार्डरक स्टेडियममा भएको थियो ।

गत वर्षको फिफा क्लब वर्ल्डकपको मेटलाइट स्टेडियममा भएको फाइनलमा पनि मध्यान्तरमा सांगीतितक कार्यक्रम राखिएको थियो । यसले नियमित १५ मिनेटभन्दा बढीको समय लिएको थियो । इन्फान्टिनोले विश्वकपको अन्तिम सातातिर न्युयोर्कका टाइम स्क्वायरमा पनि विशेष कार्यक्रम राखिने बताए । फाइनलको बीचका आयोजना हुने कार्यक्रम फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको सहयोगका लागि हुनेछ ।

विश्वकपका क्रममा विश्वभरबाट १० करोड डलर जम्मा हुने विश्वास गरिएको छ । साकिराले गत साता मात्रै यस विश्वकपको आधिकारिक गीतको अंश जारी गरेकी थिइन् । त्यस छोटो भिडियो ब्राजिलको ऐतिहासिक माराकाना स्टेडियममा छायांकन गरिएको थियो । सन् २०१० को विश्वकपको ‘वाका वाका’ गीत पनि साकिराले नै गाएकी थिइन् । यसपल्टको विश्वकपको गीतको नाम भने ‘दाइ दाइ’ रहेको छ ।

अहिले जारी गरिएको ६७ सेकेन्डको भिडियामा साकिराले रियो दी जेनेरियोस्थित माराकानाको मैदानमा हुन्छिन् र पछि उनले २० लाखभन्दा दर्शकसामु कोपाकाबाना बिचमा कन्सर्ट गरेको देखाइएको छ । त्यस क्रममा उनको हातमा यस विश्वकपको आधिकारिक बल ‘ट्रिओन्डा’ रहेको थियो । गीत अंग्रेजीमा रहेको छ । उनीसँगै ठूलो संख्यामा नर्तकी पनि छन् । उनीहरूले अमेरिका र कोलम्बियाली टिमको जर्सीसँग मिल्ने रंग पोसाक लगाएका छन् ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब