अर्नमा गाउँपालिकाले आफ्नै बजेटमा चार किलोमिटर कालोपत्र सडक शिलान्यास

  • जेठ १, २०८३ | २७७ पटक पढिएको | सीमा संदेश
alt

अर्नमा । अर्नमा गाउँपालिकाले आफ्नै बजेटमा चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भएको छ ।गाउँपालिकाले प्रशासकीय भवनदेखि गोतहा–कृष्णपुर–५ को कार्यालय हुँदै हुलाकी सडकसम्म कालोपत्र सडक निर्माण गर्न लागेको हो ।

३० फुट चौडाइ र ४ किलोमिटर लम्बाइको यो सडक आगामी दुई वर्षभित्र निर्माण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो सडक निर्माणका लागि वल्र्डवाइड इन्द्रेणी जेभी निर्माण कम्पनीसँग भ्याटसहित १० करोड २५ लाख ३७ हजार २ सय ८६ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिका अध्यक्ष अशोक यादवले बिहीबार शिलान्यास गर्दै सडक समयमै निर्माण हुने र यो सडक बनेपछि यस भेगका २० हजार बढी नागरिक लाभान्वित हुने बताए । ’हामीकहाँ योजना ठेक्का लाग्ने तर काम नहुने प्रवृत्ति छ,’ उनले भने, ’तर, यो सडक हामी जसरी पनि समयमै बनाउँछौं।’

स्थानीयवासीले लामो समयदेखि उक्त सडक कालोपत्रे हुनुपर्ने माग गर्दै आएका थिए। वर्षायाममा हिलो तथा गर्मी मौसममा धुलोका कारण आवतजावतमा समस्या हुँदै आएको थियो। सडक निर्माणपछि गाउँपालिकाको प्रशासनिक केन्द्र, विद्यालय, वडा कार्यालय तथा विभिन्न बस्तीबीचको दूरी छोटिने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

गाउँपालिकाका जनप्रतिनिधिहरूले यो योजना केवल सडक निर्माणमा सीमित नभई समग्र ग्रामीण विकाससँग जोडिएको बताएका छन्। सडक विस्तारपछि कृषि उत्पादन ढुवानी, विद्यार्थीको विद्यालय पहुँच, स्वास्थ्य सेवामा पहुँच तथा स्थानीय व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहले विकास निर्माणका ठूला आयोजनालाई प्राथमिकतामा राख्दै काम अघि बढाइरहेको अवस्थामा अर्नमा गाउँपालिकाको यो योजना सिरहाकै महत्वपूर्ण पूर्वाधार योजनामध्ये एकका रूपमा हेरिएको छ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब