मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

  • जेठ ४, २०८३ | १५६ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् । गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । यस अघि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन खोजे पनि नेपाली कांग्रेसभित्रको किचलो र जसपा नेपालको अलमलको कारण उनले विश्वासको मत लिन सकेन ।

जेठ १ गते नै मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर अन्तिम समयमा कार्यसूची नै फेरबदल गरिए पछि विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर कार्यव्यवस्था परामर्श समितिको बैठक पछि कांग्रेस एक्यबद्ध भएको छ भने जसपा नेपाल पनि सकारात्मक भएको थियो । सोही अनुसार आउँदो शुक्रबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएका छन् ।

यस अघि पनि विश्वासको मत लिने कार्यसूची रहे पनि मुख्यमन्त्री यादवले अन्तिम समयमा कार्यसूची नै फेरबदल गरेको भन्दै जनमतले कडा आलोचना गरेको थियो ।मुख्यमन्त्रीको कार्यशैलीप्रति जनमतले विरोध गर्दे सरकारलाई दिएको समर्थन र सहभागिताबाट फिर्ताको निर्णय सहित मन्त्रीहरुलाई सरकारबाट राजीनामा गर्न आग्रह गरे पनि मुख्यमन्त्री यादवको सरकारमा रहेका द्वय मन्त्रीले राजीनामा दिएका छैनन् । यस अघिको विश्वासको मत लिने दिन एक मन्त्री अनुपस्थित र एक मन्त्री विपक्षी बेञ्चमा बसेका थिए । प्रदेश सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वर्तमान सरकारप्रति सकारात्मक रहेको जनाइएको छ ।

जसपामा संसदीय दलको नेताको निर्वाचन हुने

मुख्यमन्त्री कृष्णप्रसाद यादवले वितेको शुक्रबार विश्वासको मत लिन सकेनन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिन नसक्नुको मुख्यकारण जसपा नेपालभित्रको आन्तरिक विवाद हो ।

शुक्रबार सदन सञ्चालन हुनु अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको क्रममा जसपा नेपाल–लोसपा नेपाल एकीकरणपछि गठन भएको जसपा नेपालले संसदीय दल चयन नगर्दा तत्कालीन जसपाका संसदीय दलका नेता सरोजकुमार यादवको विरोध गर्दै तत्कालीन लोसपाका नेता जितेन्द्र सोनलले समेत जसपा नेपालको संसदीय दलको नेता आफू रहेको र आफ्नो कुर्सीबारे सभामुखलाई प्रश्न गर्दै ताकेता गरपछि सदन नै प्रभावित भएको थियो । त्यसैले प्रदेशसभाको बैठक हुनु अगावै जसपा नेपाल मधेश प्रदेशमा संसदीय दलको नेताको निर्वाचन बुधबार गर्ने भएको छ ।

स्रोतले जनाए अनुसार पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र पूर्वमुख्यमन्त्री लालबाबु राउतबीच संसदीय दलको नेताका लागि भिड्ने भएका छन् । जसपा र लोसपा एकीकरणपछि मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालको १८ जना र लोसपाको ८ जना गरी २६ जना सांसद पुगेको छ । २ जना निलम्बनमा रहेका समेत जसपा नेपालको संख्या २८ पुगेको छ । दोस्रोमा नेकपा एमाले २४ र तेस्रोमा नेपाली कांग्रेस २२ जना सांसद रहेका छन् । चौथोमा नेपाली कम्युनिष्ट पार्टी-नेकपा) १४ र पाँचौमा जनमत पार्टीको १२ जना सांसद छन् । संसदीय दलको नेता निर्वाचनमा सरोजकुमार यादव निर्वाचित भएमा कृष्णप्रसाद यादवको प्रदेश सरकारले निरन्तरता पाउनसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब