सहिद हेमनारायण गोल्डकप : उद्घाटन खेलमा गोलबजार युनाइटेड विजयी

  • जेठ ९, २०८३ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । “युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान“ नाराका साथ सिरहामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को उद्घाटन खेलमा गोलबजार युनाइटेड गोलबजार विजयी भएको छ। शुक्रवार भएको उदघाटन खेलमा चात्या सा फुटबल क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै गोलबजारले सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको निर्धारित समय अवधिमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। खेलको २२ औं मिनेटमा झापाका गोलकिपर योगेश धिमालको आत्मघाती गोलबाट गोलबजार युनाइटेडले सुरुवाती अग्रता लिएको थियो। तर, खेलको ३४ औं मिनेटमा झापाका विवेक पौडेलले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

त्यसपछिको निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा गोलबजारका तर्फबाट सुजन पुलामी, राधे चौधरी, माइकल ठाकुरी, हरि कार्की र मनिस मगरले गोल गर्न सफल भए भने पुष्पराज चौधरी र बिनु मगर गोल गर्नबाट चुके। झापाका तर्फबाट असिम राई, राजेश दहाल, विवेक पौडेल र एकराज बुढाथोकीले गोल गरे पनि योगेश धिमाल, जंग खड्का र निशान बस्नेतले गोल गर्न सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि गोलबजार युनाइटेडका गोलकिपर सन्दीप भट्टराई ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. ३ लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १ लाख ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ वटा टोलीहरूले सहभागिता जनाएका छन्।

प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा पथरी–११ फुटबल क्लब मोरङ र आर.आई.एफ.सी काठमाडौं बीच प्रतिस्पर्धा हुने सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब