सहिद हेमनारायण गोल्डकप : काठमाडौँ सेमिफाइनलमा प्रवेश

  • जेठ १०, २०८३ | २८६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को दोस्रो दिनको खेलमा आर.आई.एफ.सी काठमाडौँ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँले पथरी–११ फुटबल क्लब, मोरङलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेल अवधिभर आक्रामक रणनीति अपनाएको काठमाडौँका लागि निस कुमार श्रेष्ठ र सिजल राईले गोल गरे भने पथरीका तर्फबाट संजय लिम्बुले एक सान्त्वना गोल फर्काए।

खेलको ३६ औं मिनेटमा काठमाडौँका सिजल राईले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। ३९ औं मिनेटः काठमाडौँकै निस कुमार श्रेष्ठले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे ।

४४ औं मिनेटमा पथरी ११का संजय लिम्बुले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र खेलमा फर्किने प्रयास गरे ७७ औं मिनेट मा काठमाडौँका निस कुमार श्रेष्ठले पुनः गोल गर्दै टिमको अग्रता ३–१ बनाए।

८५ औं मिनेटमानिस कुमार श्रेष्ठले आफ्नो ह्याट्रिक पूरा गर्दै काठमाडौँलाई ४–१ को सानदार जित दिलाए।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गर्न सफल आर.आई.एफ.सी काठमाडौँका अग्रपंक्तिका खेलाडी निस कुमार श्रेष्ठ घोषित भए। उनले नगद रु ३,००० (तीन हजार) र ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत आइतबारको तेस्रो क्वार्टरफाइनल खेल गोल्डेन स्टार युथ क्लब, भलुवा (सुनसरी) र गाईघाट युनाइटेड (उदयपुर) बीच प्रतिस्पर्धा हुनेछ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब