सुन्दरहरैँचा खोर्साने गोल्डकपको उपाधि सहलेश फुटबल क्लब सिराहालाई

  • जेठ १०, २०८३ | ३६१ पटक पढिएको | सीमा संदेश
alt

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा आयोजित “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सहलेशले निर्धारित समयमा दुई गोल गर्न सफल भयो भने धरान आरसीले एक गोल फर्काएको थियो ।

उपाधिसँगै सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता धरान आरसी फुटबल क्लबले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको आयोजकले जनाएको छ । विजेता तथा उपविजेता टोलीलाई सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं ले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलका क्रममा वर्षासँगै मैदान केही प्रभावित बनेको थियो । खेलकै बीच सामान्य विवाद उत्पन्न भएपछि केही समय खेल रोकिएको आयोजकले जनाएको छ । त्यसपछि स्थिति सामान्य बनेपछि खेल पुनः सञ्चालन गरिएको थियो ।

आयोजकका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा पछिल्ला केही वर्षयताकै सबैभन्दा धेरै दर्शकको उपस्थिति रहेको दाबी गरिएको छ । स्थानीय खेलप्रेमीको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको आयोजकको भनाइ छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब