भन्सार सारिएको विरोधमा चक्काजाम

  • जेठ १२, २०८३ | २३७ पटक पढिएको | सीमा संदेश
alt

जिरोमाईल । छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् ।

सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले सोमवार चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय आन्दोलित बनेका हुन् । यसअघि २५ वैशाखदेखि २७ वैशाखसम्म उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए ।

सरकारले जेठ १ गतेका दिन साविकमा रहेका १३३ वटा छोटी भन्सार कार्यालय खारेज गरी नेपाल सरकारले मात्र १८ वटामा गर्ने निर्णय गरेका थिए । छोटी भन्सार कार्यालयहरु खारेज गरी सीमित गर्दा नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा प्रत्यक्षरूपमा मारमा परेका छन् । एकातर्फ १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउन नपाइने, अर्कातर्फ छोटी भन्सार कार्यालय पनि हटाउंदा ५० किलोमिटरसम्म टाढा रहेको मूल भन्सार कार्यालयमा जानुपर्ने बाध्यताले सीमावर्ती क्षेत्रका वासिन्दा निकै पिडीत भएका छन् ।

साबिकको छोटी भन्सार कार्यालयहरु खारेज मात्र १८ वटामा गरेको कुराका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालकै सांसदहरुले विरोध जनाउंदै आएका छन् । मधेश प्रदेशमा सबभन्दा बढी ४९ वटा छोटी भन्सार रहेकामा हाल ती सबै खारेज भई ९ वटामा सिमित भएको छ । मधेशको धनुषा जिल्लामा जनकपुर भन्सार कार्यालय अन्तर्गत लगमा र ईनर्वा, महोत्तरीको जलेश्वर भन्सार कार्यालय अन्तर्गत सम्सी र मटिहानी, सर्लाही भन्सार कार्यालय अन्तर्गत त्रिभुवन नगर, रौतहटको गौर भन्सार कार्यालय अन्तर्गत बंकुल, वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत भिस्वा, मटिअर्वा र ठोरी मात्र कायम गरिएको छ ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब