सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को पहिलो सेमिफाइनल खेलमा आर. आई.एफ.सी. काठमाण्डौँ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौले गोलबजार युनाइटेड गोलबजारलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेल अवधिभर आक्रामक रणनीति अपनाएको काठमाण्डौका लागि उमेश कार्की ३० र ३४ औँ मिनेटमा लगतार गोल गरे र कृष्ण राई ८४ औँ मिनेटमा गोल थपे भने गोलबजारका तर्फबाट सुजन पुलामीले ६ औँ मिनेटमा एक गोल मात्र फर्काए।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गर्न काठमाण्डौँका अग्रपंक्तिका खेलाडी उमेश कार्की घोषित भए। उनले नगद रु ३,००० (तीन हजार) र ट्रफी प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत बुधवारको दोस्रो सेमिफाइनल खेल घरेलु टिम सलहेश युवा क्लव सिरहा र गोल्डेन स्टार युथ क्लव भलुवा सुनसरी बीच प्रतिस्पर्धा हुने आयोजक सलहेश युवा क्लवका अधयक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved