सहिद हेमनारायण गोल्डकप : फाइनलमा सिरहा र काठमाण्डौँ भिडने

  • जेठ १४, २०८३ | २८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाको शंकर रंगशालामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को दोस्रो सेमिफाइनल खेलमा सलहेश युवा क्लव सिरहा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा आर.आई. एफ.सी. काठमाण्डौ फाइनलमा प्रवेश गरेको थियो।  जेठ १५ गते गणतन्त्र दिवसको शुभ उपलक्ष्यमा हुने फाइनल खेलमा आर.आई.एफ.सी.काठमाण्डौँ र सलहेश युवा क्लव सिरहा फाइनलमा भिडने भएको छ ।

बुधवार भएको दोस्रो सेमिफाइनल खेलमा सिरहाले गोल्डेन स्टर युथ क्लव भलुवा सुनसरीलाई २–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेल अवधिभर आक्रामक रणनीति अपनाएको सिरहाका लागि फागुराम थारु ४२ औँ मिनेटमा र अवि लामा ४६ औँ मिनेटमा लगतार गोल गरे भने सुनसरीका तर्फबाट सुमन चौधरीले २८ औँ मिनेटमा एक गोल मात्र फर्काए।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गर्न सिरहाका अग्रपंक्तिका खेलाडी अवि लामा घोषित भए। उनले नगद रु ३,००० ९तीन हजार० र ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत शुक्रवारको फाइनल खेल घरेलु टिम सलहेश युवा क्लव सिरहा र आर.आई.एफ.सी. काठमाण्डौँ बीच प्रतिस्पर्धा हुने आयोजक सलहेश युवा क्लवका अधयक्ष राजिप यादबले बताए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब