शहिद हेमनारायण गोल्डकपको उपाधि सलहेशलाई

  • जेठ १५, २०८३ | ५५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । “युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान“ नाराका साथ सिरहामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को उपाधि घरेलु टोली सलहेश युवा क्लब, सिरहाले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा सलहेशले आरआईएफसी, काठमाडौंलाई २–० ले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । सलहेशको जितमा रोमन भुजेल र आदित्य शाक्यले गोल गरे ।

विजेता बनेको सलहेशले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आरआइएफसीले १ लाख ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।

सलहेशका निर्मल घिसिङ फाइनल खेलको म्यान अफ द म्याच बने । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सलहेश कै रेम्बो चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पनि सलहेश कै सुशिल यादव चुनिए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर आरआइएफसीका उमेश कार्की बन्दा उदीयमान खेलाडी सलहेशका सागर मेस्तर बने । उत्कृष्ट फरवार्ड पनि सलहेश कै आदित्य शाक्य चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि सलहेश कै रोशन पहाडी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजिप कुमार यादव लगायतले पुरस्कृत गरेका थिए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब