‘ग्याङ्ग’ बनाएर आतङ्क मच्चाउने २५ जना युवा पक्राउ, २१ वटा मोटरसाइकल बरामद

  • जेठ १८, २०८३ | १०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने २५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ती ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको पूर्ण उल्लङ्घन गरी बिना हेल्मेट, कागजपत्र साथमा नराखी तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा तीन/चार जना सवार भएर राजमार्गमा हो-हल्ला गर्ने गरेका थिए । यसरी सामाजिक शान्ति भङ्ग गरी समाजमा आतङ्क मच्चाइरहेको अवस्थामा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरू फेला परेका हुन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरू रहेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै युवाहरूलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब