कमला नदीको पुल निर्माणका लागि मधेश प्रदेश अगाडि प्रदर्शन

  • जेठ १९, २०८३ | १५६ पटक पढिएको | सीमा संदेश
alt

धनुषा र सिरहा जिल्लालाइ हुलाकी सडक अन्तर्गतको कमला नदीमा संघीय सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्ने विश्वास लिएका नागरिकहरुले त्यहाँबाट निराश भएपछि मधेश प्रदेश अगाडि सोमबार प्रदर्शन गरेका छन् ।

संघीय सरकारप्रतिको उनीहरुको मोह भंग भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)का कयौं सांसद, केन्द्रीय नेता र मन्त्रीहरुले कयौं पटक क्षतिग्रस्त कमला पुलको निरीक्षण गरी निर्माणको लागि प्रयाप्त बजेट विनियोजन गराउने विश्वास दिलाएका थिए । तर संघीय सरकारको बजेटमा कमला नदीको नाम नै उल्लेख छैन ।

हुलाकी सडक अन्तर्गत धनुषा र महोत्तरी जिल्ला जोड्ने कमला पुल निर्माणका लागि धनुषा र सिरहा जिल्लाका अगुवा, नेताहरुले हरेक वर्ष बजेट माग्ने, प्रदर्शन गर्ने, धर्ना दिने लगायतका कार्यहरु गर्दै आएका छन् । तर १५ वर्ष पूर्व निर्माण शुरु भएको सो पुल हालसम्म सञ्चालनमा आउन सकेको छैन । पुलको कमजोर निर्माण र प्राविधिक त्रुटिको कारण पुल निर्माण भए लगत्तै भासिएको थियो । त्यसपछि कमला नदीको पुल सञ्चालनमा आउन सकेको छैन ।

गत वर्ष मधेश प्रदेश सरकारले कमला पुल निर्माणको सम्झौता गरेको थियो । तर हाल सम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सोमबारदेखि शुरु भएको छलफलमा भागलिदै एमालेका सांसद दीपेन्द्र ठाकुरले कमला नदीको पुल निर्माणका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘कमला नदी पुलको लागि प्रदेश सरकारले गरेको सम्झौताको कार्यान्वयन गर्नुपर्छ’ उनले भने, अलपत्र कमला पुल मधेश प्रदेशको जिल्लाहरु जोड्ने सडकको बाधक बनेको छ । बजेट माग्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । हुलाकी–कमला संघर्ष समितिका संयोजक इञ्जिनियर प्रविणकुमार यादवले कमला पुल निर्माणका विषयमा प्रदेश सरकारबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै आन्दोलन गर्न परेको बताएका छन् । ‘सधैँ संघीय सरकारको मुख ताकेर बस्दा मधेश प्रदेशको अस्तित्व नै हराउन थालेको छ ’ उनले भने, मधेशको ‘लाईफलाइन’ मानिएको हुलाकी राजमार्ग संघीय सरकारको प्राथमिकतामा कहिलै परेन् ।

२०१५ सालमा तत्कालिन बीपी कोइराला नेतृत्वको सरकारले हुलाकी राजमार्ग निर्माणको घोषणा गरी काम बढाएको थियो । तर २०१७ सालमा सो सरकार अपदस्थ भएपछि तत्कालीन राजा महेन्द्रले हुलाकी राजमार्गको विकल्पमा हालको पूर्व–पश्चिम राजमार्ग बनाएका हुन् । मधेश प्रदेशसभा अगाडि आन्दोलनकारीहरूले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले शुरु हुन्छ ?भन्दै प्रदर्शन गरे । उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु बोकेका थिए । प्रदर्शनमा ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने ‘,’प्रदेश सरकार हो कि संघ सरकारको शाखाजस्ता नारा लेखिएको ब्यानर राखिएको थियो । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा हुलाकी सडक अन्तर्गतका आठ वटा पुल निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर, पुनर्निर्माणको चरणमा रहेको कमला पुललाई समावेश गरिएको छैन ।

सिरहा जिल्लाबाट रास्वपाका निर्वाचित सांसदहरुले सो बजेटमा कमला पुलपनि समेटिएको दाबी गर्दै समाजिक सञ्जालमा लेखेका छन् । तर धनुषा र सिरहाका अगुवाहरुले त्यसलाई भ्रामक भन्दै आन्दोलनमा उत्रिएका छन् । कमला पुल निर्माणका लागि अगुवाइ गरिरहेका सामाजिक अभियन्ताहरुले आगामी आर्थिक वर्षको आउने प्रदेश बजेटमा समावेश गर्न माग गरेका छन् ।

‘कमला पुलको पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्नुपर्छ’ उनीहरुले भने, एक वर्षमा नै निर्माण हुन नसके बहुवर्षिय योजना अन्तरगत राखेर दुई तीन वर्ष भित्र पुरा हुने गरी बजेट विनियोजन गर्नुपछै । सरकारले पुल निर्माणलाई बजेट नदिए चरणबद्ध रुपमा आन्दोलनलाई सशक्त बनाउँदै लगिने प्रदर्शनकारीहरुले धम्की दिएका छन् ।

कमलानदी पुललाई संघीय सरकारले उपेक्षा गरेसँगै धनुषा र सिरहाका प्रतिनिधि सभा सदस्यहरुलाई समस्या परेको छ । चुनावमा उनीहरुले कमला पुल निर्माणलाई प्रमुख मुद्दा बनाएका थिए ।चुनावको क्रममा कयौं मन्त्री र नेताहरुले कमला पुलको निरीक्षण गरेका थिए । १५ वर्षअघि निर्माण शुरु भएको कमला पुल २०७८ मा पुरा भएको थियो । तर पुल उद्घाटनको अघिल्लो राति त्यहीँ वर्ष आएको ठूलो बाढीले पुललाई क्षति पु¥याएदेखि हाल सम्म पुनर्निर्माण हुनसकेको छैन ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब