मधेश प्रदेशका निलम्बित सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गरी मंगलबार सजाय सुनाएको हो।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनलाई चार वर्ष कैद र ३८ लाख ५० हजार एक सय ३९ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
उपभोक्ता समितिहरूसँग घुस लिएको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत वर्ष पक्राउ गरी अनुसन्धान गरेको थियो। जसमा उनी दोषी ठहर भएका हुन्। सांसद विकास कोषको रकमबाट उनले ३७ प्रतिशतसम्म कमिसन लिएको खुलेको थियो। त्यस्तो कमिसन उनको खातामै बरामद भएको थियो।
उनी महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित सांसद हुन्। सिंह जनता समाजवादी पार्टीका नेता हुन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved