रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने

  • जेठ २५, २०८३ | २०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ ।

निर्वाचन कार्यक्रमअनुसा आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिएका छन् ।

शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको उनले बताए ।

उनका अनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायतका नेताहरूले पटक-पटक सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो ।

डा. महतोका अनुसार निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेका छन् भने मतदाताको नामावली प्रकाशन गर्न मात्र बाँकी रहेको छ। सम्पूर्ण तयारी पूरा गरेर आज बिहान १० बजेदेखि सुरु गरिने उनले बताए ।

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरिप्रसाद मैनालीयुवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदका लागि इ. अरविन्द कुमार रामजीवछ यादवनिमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादवराजेन्द्र मण्डलपरीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

सहसचिव पदका लागि फुलेश्वर नायक, राम हरी शर्मा, ओमप्रकाश श्रेष्ठ, रुपेश यादव, अरविन्द कुमार यादव र संजय कुमार यादवले उम्मेदवारी दिएका छन्। 

सदस्य पदका लागि २७ जनाको उम्मेवारी परेको कार्यवाह निर्वाचन संयोजक महतोले जानकारी दिए। 

उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले अन्ततः नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुने भएको हो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब