प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सिंहलाई

  • जेठ २९, २०८३ | २१३ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको काम हेर्ने जिम्मेवारी प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले पाएको छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका कामकारबाहीलाई थप पारदर्शी र प्रभावकारी बनाउन शक्तिशाली उपसमितिहरूको जालो तयार पर्न विभिन्न समितिहरु गठन गरेको छ । बिहीबार समिति सभापति हरिक ढकालको नेतृत्वमा बसेको बैठकले मातहतका मन्त्रालय तथा संवैधानिक निकायहरूको निगरानीका लागि विभिन्न सात सदस्यीय उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो ।

यस निर्णयसँगै अब हरेक मन्त्रालय र निकायका कार्यसम्पादनमाथि संसदीय निगरानी थप कसिलो हुने देखिएको छ । गठित उपसमितिहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको जिम्मा सांसद डा. अमरेशकुमार सिंहलाई सुम्पिएको छ ।

त्यस्तै, गृह मन्त्रालयको अनुगमनका लागि दीपकराज बोहरा र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका लागि कमल सुवेदीको नेतृत्वमा उपसमितिहरु क्रियाशील हुनेछन् । संवैधानिक निकायहरू–अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोगको कामकारबाही नियाल्ने जिम्मा भने सुरेन्द्र चौधरीलाई दिइएको छ ।

समितिले मन्त्रालयगत निगरानी मात्र नभई संस्थागत सुदृढीकरणका लागि पनि विशेष टोली गठन गरेको छ । कमल सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यविधि मस्यौदा तर्जुमा उपसमिति र श्रद्धा कुँवर क्षेत्रीको नेतृत्वमा उजुरी अध्ययन तथा सुझाव सिफारिस समिति गठन गरिएको छ ।

यसका साथै, सभापति ढकालले अख्तियार र कारागार कार्यालयहरूको स्थलगत अनुगमनका लागि छुट्टै सात सदस्यीय टोली गठन गर्ने जिम्मेवारी पाएका छन्। सरकारका कामकारबाहीमाथि निरन्तर ‘एक्सरे’ गर्ने संसदीय यो रणनीतिले अब मन्त्रालयहरूको काममा ढिलासुस्ती र अनियमितता रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब