बालक अपहरण गर्ने पाँच भारतीय काठमाडौं नयाँ बसपार्कबाट पक्राउ, २२ लाख फिरौती माग्दै थिए

  • असार ३, २०८३ | २१४ पटक पढिएको | सीमा संदेश
alt

 चितवनमा बालक अपहरण गरी काठमाडौं छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरित बालकको उद्वार गरेको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ । पक्राउ पर्ने पाँचैजना भारतीय नागरिक हुन् ।

सोमबार बेलुकी ६ः३० को समयमा नारायणगढबाट ५–६ जनाको समूहले १६ वर्षीय रिसब गुप्तालाई अपहरण गरेको थियो । उनीहरूले बालक रिसबलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए । उनीहरू अपहरित बालकसहित गोङ्गबु, नयाँ बसपार्कस्थित होटल फेमिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो । त्यहाँ बसेर अपहरणकारीले रिसबका बुबासँग २२ लाख रुपैयाँ फिरौती मागिरहेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको नामावलीः
 

१. सुजित कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार

२. गोलु कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार

३. गोलु कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार

४. बिक्कि कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार

५. मोहम्मद साहिद
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब