गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

  • असार ८, २०८३ | १०८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका-२१ स्थित लगडीगोठबाट आइतबार बेलुकी प्रहरीले गोली प्रहार गरी भारत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत-२ बस्ने २८ वर्षीय छोटु भन्ने रंजितकुमार पासवान र सोही ठाउँका एक नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रहार गरेको गोली छोटुको पिडुँलामा लागेको छ । इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो, गोलबजार शाखाको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबारी समूहलाई नियन्त्रणमा लिएको हो । 

छोटुलाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुढा गरी भारततर्फ भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहरी प्रहार गरेको हो । ढुंगामुढाबाट महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुरसमेत घाइते भएका छन् ।

उनीहरू दुवैजनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । पाठकका अनुसार, उनीहरूको साथबाट प्लास्टिकबाहेक ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसमेत बरामद भएको छ ।

गोली प्रहार गरी नियन्त्रणमा लिइएका छोटु कुख्यात लागुऔषध कारोबारी रहेको पाइएको, जिल्लाका विभिन्न प्रहरी कार्यालयद्वारा हालसम्म पक्राउ परेका अधिकांश लागूऔषध प्रयोगकर्ताहरूले उनीसँगै किन्ने गरेको देखिएको एसपी पाठकले जनाए । छोटुले हालसम्म ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पाठकका अनुसार, उनी र उनको समूहले संगठित ढंगले नै लागूऔषध औषधको कारोबार गर्दै आएका छन् भने उनीहरूले धेरैजसो नाबालकलाई बिक्रीवितरणका लागि प्रयोग गर्ने गरेका छन् । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

भारत–नेपाल सम्बन्धमा नयाँ कोशेढुंगा : जनकपुरधामदेख

नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब