सशस्त्र प्रहरीद्वारा साढे दुई करोडभन्दा बढीको अवैध सामान बरामद

  • असार १२, २०८३ | १३८ पटक पढिएको | सीमा संदेश
alt

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका साढे दुई करोड रुपियाँभन्दा बढी मूल्यका सामग्रीहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

गएको जेठ महिनामा मात्रै सीमा क्षेत्रबाट बरामद गरिएको एक करोड ८२ लाख ८८ हजार ६६० रुपियाँ बराबरको अवैध सामान ठाडी भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ । यसैगरी, असार महिनाको १२ गतेसम्ममा ६३ लाख ८० हजार ४८४ रुपियाँ बराबरको किराना सामान, फर्सीको बीउ, मोटर पार्टस् तथा जिन्सी सामग्रीहरू बरामद गरी कुल दुई करोड ४६ लाख ६९ हजार १४४ रुपियाँ भन्सार कार्यालय माडरमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि वैशाख महिनामा पनि सीमा क्षेत्रबाट एक करोड रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरी भन्सार बुझाइएको थियो । सीमित स्रोत र साधनका बाबजुद सशस्त्र प्रहरी बल सिरहाले गत वर्षको तुलनामा यस वर्ष बढी अवैध सामान बरामद गर्न सफल भएको हो । सीमा क्षेत्रको पूर्व–पश्चिम ४६ किलोमिटर क्षेत्रमा तस्करी नियन्त्रणका लागि बढाइएको सक्रियताका कारण तस्करहरूको चलखेलमा कमी आएको छ ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले विगतको तस्करीको जालोलाई भत्काउँदै दिनरात सशस्त्र प्रहरीका जवानहरूले गोप्य सूचनाका आधारमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याइने सामान नियन्त्रणमा लिइरहेको बताउनुभयो । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण, विपद् व्यवस्थापन र सीमा गस्तीका कार्यहरू निरन्तर गर्दै आएको छ ।

खुला सिमानाका कारण हुन सक्ने सम्भावित तस्करी रोक्न सीमा क्षेत्रमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी २४ सै घण्टा गस्ती गर्ने गरिएको छ । यस प्रगतिलाई अझ बढी प्रभावकारी बनाउन जिल्लामा संयुक्त सुरक्षा गस्तीलाई समेत नियमित गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभा ...

असार १३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १३ गते । शनिबार । इस ...

गोलबजार नगरपालिका पूर्ण खोप घोषणा

गोलबजार । "स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, ...

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो

चितवन । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब