सामाजिक सञ्जालमा भिडियो भाइरल : बालिकाले गरिन् आत्महत्या

  • असार २१, २०८३ | १६८ पटक पढिएको | सीमा संदेश
alt

बाराको कलैया उपमहानगरपालिका–२१, भौडाहमा एक १३ वर्षीया बालिकाले सामाजिक सञ्जालमा भिडियो भाइरल भएको मानसिक तनाव झेल्न नसकी आत्महत्या गरेको घटना बाहिरिएको छ ।

गाउँकै केही युवाहरूको समूहले चरित्रमाथि कुरा उठाउंदै गाली गलौज, धाकधम्की सहित दुव्र्यवहार र कुटपिट घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल गरेको थियो । प्रहरीका अनुसार ती कुराको भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिएपछि ती बालिकाले मानसिक तनाव झेल्न नसकी आत्महत्या गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत असार १५ गते भौडाहस्थित चौरको एक खेतमा ती बालिका एक युवासँग बसिरहेको अवस्थामा गाउँका केही केटाहरूको समूहले फेला पारेका थिए । सो समूहले बालिकालाई नियन्त्रणमा लिई गालीगलौज, हातपात र गम्भीर दुव्र्यवहार गरेका थिए । बालिकाको चरित्र हत्या गर्ने उद्देश्यले गाउँभरि गलत हल्ला फैलाउनुका साथै दुव्र्यवहार गरिरहेको भिडियो केही युवकहरुले खिचेका थिए ।

उक्त भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाएपछि सो अपमान सहन नसकी घटनाको भोलिपल्ट, अर्थात् असार १६ गते १३ वर्षीया बालिका सरिया खातुनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको उनका परिवारजनको आरोप छ । घटना सार्वजनिक भएपछि मृतक बालिकाका परिवारजनले दोषीहरूविरुद्ध कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दर्ता गराउंदै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

बालिकालाई अमानवीय दुव्र्यवहार गरी आत्महत्या गर्न बाध्य पारेको भन्दै परिवारले न्यायको अपील गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी इन्सपेक्टर बलराम श्रेष्ठले घटना बारे पुष्टि गर्दै घटनामा संलग्न ७ जनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन र जबरदस्तीकरणी उद्योगÚ को मुद्दा दायर गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । ‘बालिकालाई दुव्र्यवहार र कुटपिट गरी आत्महत्याको स्थितिसम्म पु¥याएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये एक जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका अन्य अभियुक्तहरूको तीव्र खोजी भइरहेको छ ।’ उनले भने ।

सामाजिक सञ्जालमा फैलाइएको उक्त भिडियोमा गाउँका केही युवाहरूले ती नाबालिकालाई घेरेर गालीगलौज गरिरहेको, डर–धम्की देखाएको र कुटपिट गर्दै अभद्र व्यवहार गरिरहेको प्रष्ट देखिन्छ । प्रहरीले उक्त भिडियोलाई पनि अनुसन्धानको मुख्य प्रमाणका रूपमा लिएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब